डिसेम्बरमा रणवीर–दीपिका विवाह बन्धनमा !

डिसेम्बरमा रणवीर–दीपिका विवाह बन्धनमा !

मुम्बई । ५ वर्षदेखि प्रेम सम्बन्धमा रहँदै आएका बलिउड स्टार रनवीर सिंह र दीपिका पादुकोण अन्ततः विवाह बन्धनमा बाँधिने भएका छन् ।आफ्नो प्रेम सम्वन्ध बारे मिडियासँग नखुलेका र लुकी छिपी प्रेम गर्दै आएका यी जोडीले यही वर्षमा विवाह गर्ने खबर भारतीय संचार माध्यम मुम्बई मिररले जनाएको छ ।

मुम्बई मिररलाई उद्धृत गर्दै अन्य भारतीय समाचार माध्यमले रणवीर र दीपिकाका बाबु आमाले सेप्टेम्बर र डिसेम्बरको बीचमा विवाह मिति निकाल्ने प्रयास गरिरहेको बताएका छन् । यसमा लागि उनीहरूले यो दुई महिनाबीचका चार दिन छानेको पनि समाचारमा दाबी गरिएको छ ।

इन्डिया टुडेसँगको कुराकानीमा विवाह रणवीरले विवाह आफ्नो रुचिमा रहेको प्रतिक्रिया दिएका छन् । रणवीर र दीपिकाको अफेयर ‘राम लिला’बाट ५ वर्षअघि सुरु भएको थियो । बीचमा ब्रेकअपको खबर आए पनि केही समयपछि दुवैलाई सँगै अँगालोमा जिस्किँदै गरेको देखिएको थियो।

दीपिकाले विवाहका लागि किनमेल थालेको पनि ती समाचारले दाबी गरेका छन्। मिररले लेखेको छ, ‘हिन्दू विवाह विधि अनुसार एकदमै गोप्य रुपमा विवाह हुनेछ । विवाहमा दुवैतर्फका एकदमै नजिकका आफन्त र साथी मात्र सहभागी हुनेछन्। विवाहपछिको रिसेप्सन पार्टीका बारेमा भने दुवैले अहिलेसम्म छलफल टुंग्याइसकेका छैनन्।’

सुपर हिट फिल्म ‘बाजीराव मस्तानी’ र ‘पद्यावत’मा संगै काम गरेका रणवीर र दीपिकाको हाल अत्यधिक डिमाण्ड रहेको छ । बताइए   अनुसार यसअघी  दीपिका रणवीर कपुर सँगको प्रेममा थिईन त्यस्तै रणवीर सिंह अनुष्का शर्मा संगको अफेरमा थिए बिचमा ब्रेक अप भएपछि दीपिका र रणवीर सिंह प्रेम सम्बन्धमा रहँदै आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्