कालाे हरिण सिकार घटनाका दाेषी सलमान खानकाे जमानत याचिकामा सुनुवाइ गरिरहेका न्यायधिशकाे सरूवा भएकाे छ । शुक्रबार राजस्थान हाइ काेर्टकाे वेबसाइटमा ट्रान्सफर अर्डरकाे सुचना सम्प्रेषण गर्दै जाेधपुरकाे डिस्ट्रिक्ट तथा सेसंस न्यायधिस रविन्द्र कुमार जाेशीकेा सरूवा भएकाे हाे । उनकाे स्थानमा चन्द्र शेखर शर्मालाइ सरूवा गरि ल्याइएकाे छ ।
सलमानका वकिलहरूले शुक्रबार पेश गरेकाे जमानत याचिकामा न्यायधिश रविन्द्र कुमारले अाधा मात्र सुनुवाइ गर्न पाएका थिए र बाँकि सुनुवाइ अाज शनिवार हुने बताइएकाे थियाे तर हाइप्राेफाइफ मुद्दाकाे बिच मै सुनुवाइ गरिरहेका न्यायधिसकाे सरूवा हुनुलाइ शंकास्पद रूपमा हेरिएकाे छ ।
अाखिर के कारणले गर्दा उनकाे सरूवा गरियाे त ?
कानुनका जानकारहरूकाे अनुसार अब सलमान खानकाे मुद्दामा के हुने भन्ने कुरा नयाँ अाएका न्यायधिश रबिन्द्र कुमार जाेशीकाे निर्णयमा निर्भर गर्नेछ ।
राजस्थान हाइकाेर्टले ६ अप्रिल मै हालेकाे सुचना नम्बर २० अनुसार जम्मा ८७ जना वकिलहरूकाे ट्रान्सफर गरेकाे छ जसमा रविन्द्र कुमार जाेशीकाे नाम पनि समावेश छ ।