पुर्वाञ्चल साहित्य प्रतिष्ठानले वितरण गर्ने पुरस्कार घोषणा

पुर्वाञ्चल साहित्य प्रतिष्ठानले वितरण गर्ने पुरस्कार घोषणा

विराटनगर, २८ चैत ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार घोषणा गरेको छ ।
प्रतिष्ठानको बैठकले यस वर्षको टेकनाथ–शिवकुमारी अधिकारी साहित्य संस्कृति पुरस्कार वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा बसेको बैठकले ११ हजार राशिको पुरस्कार पाँच दशकभन्दा लामो समयदेखि साहित्य लेखनमा सक्रिय भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको हो ।
प्रतिष्ठान ३५ वर्षदेखि विराटनगरको साहित्यिक क्षेत्रमा सक्रिय छ । ५ दर्जनभन्दा बढी विभिन्न विधाका पुस्तक प्रकाशन गरेको प्रतिष्ठानले समय–समयमा पुस्तक विमोचन, समीक्षा, अन्तरक्रिया, भेटघाट र साहित्यिक भ्रमणसमेत गर्दै आएको छ । घोषित पुरस्कार वैशाखमा विशेष समारोहको आयोजना गरेर समर्पण गरिने प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्