फिल्म निर्देशक तथा कलाकार सलिम अन्सारी होटल व्यावसाय हात हाल्दै

फिल्म निर्देशक तथा कलाकार सलिम अन्सारी होटल व्यावसाय हात हाल्दै

प्रेम देवान
विराटनगर २९ चैत। कुनैवेला फिल्म ईण्डष्ट्रिजमा होमिएका कलाकार फिल्म निर्देशक तथा कलाकार सलिम अंसारी पछिल्लो समय फरक व्यावसाय लागेका छन् । कलाकारीता क्षेत्रमा रामै नाम अनि दाम पनि कमाए । करिब एक दर्जन भन्दा बढी नेपाली तथा भोजपुरी फिल्म र म्यूजिक भिडियोमा अभिनय गरिसकेका अन्सारीले राजनीति क्षेत्रमा पनि राम्रै पडक बनाएछन् ।
बिभिन्न ब्यापार ब्यवसायमा मात्र हैन अब अन्सारीले होटल व्यावसायमा पनि हात हाल्दैछन् । अन्सारीले यस अघि विराटनगरमा अगरवत्ती उद्योग संचालनमा ल्याएका थिए । अन्सारीले अहिले विराटनगरको तीनपैनीमा साहेन्सास फेमिली रेष्टुरेष्ट पनि संञ्चालनमा ल्याएका छन् ।
अन्सारीले नयाँ बर्षलाई मध्यनगर गर्दै आज बिहीबार विशेष पुजापाठ गरी उद्घाटन गर्दैछन् । विराटनगर मेयर देखि एक नम्बर प्रदेशसभाका सदस्य तथा राजनितीक दलका उच्च स्तरका नेताहरुको पनि सहभागिता हुने साहेन्सास फेमिली रेष्टुरेष्टका संचालक अन्सारीले जानकारी दिए । उनका उनुसार करिब ८० लाखको लगानीमा होटल संचालनमा आएको हो । विभिन्न भेज तथा ननभेजका परिकारहरु उपलब्ध हुनेछ । रेष्टुरामा ईस्पेशल रियल पिज्जा, रियल बिर्यानीका साथमा रेष्टुराँ मै उत्पादन भएका फलफुलका जुस रहने जनाईएको छ ।
विराटनगरमा एउटा स्वच्छ र ताजा खानेकुरा तथा पेयपदार्थकोलागि फेमिली रेष्टुरेष्टको आवश्यकता देखेर विराटनगरमा यस प्रकारको रेष्टुराँ संञ्चालनमा ल्याएको अन्सारीले बताए । लामो समयदेखि कलकत्तामा थ्रीस्टार जस्ता होटलमा कामगरी अनुभव बटुलिसकेका दक्ष कुक ल्याईएको अन्सारीले बताए ।
‘कला र गला आफ्नो ठाँउमा छ , मेरो कलाकारीतलाई कहिल्यै विर्सन सक्दिन र म छोड्न पनि सक्दिन’ उनले भने । आज बलिउडका ठूला – ठूला कलाकारले पनि त होटल तथा उद्योग नै खोलेर बसेका छन् । सलमान खानको आफ्नै कपडा उद्योग छ, उ जस्तै भारतीय हिरो हिरोनीले ठूला– ठूला होटल खोलेर बसेका छन् । कला आफ्नो ठाँउमा राखेर होटल व्यावसाय गर्ने हो अन्सरीको भनाई छ। अन्सारी नेपाली काग्रेससँग निकट मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्