हेटौंडाकी श्रृङ्खला बनिन मिस नेपाल २०१८

हेटौंडाकी श्रृङ्खला बनिन मिस नेपाल २०१८

काठमाडौँ। श्रृङ्खला खतिवडाले यस वर्षको ‘मिस नेपाल २०१८’ को उपाधि जित्नु भएको छ । काठमाडौँमा बुधबार राति सकिएको मिस नेपाल प्रतिस्पर्धामा हेटौंडाकी २२ वर्षीया खतिवडाले ‘मिस नेपाल २०१८’ को उपाधि जित्नु भएको हो ।

प्रमुख निर्णायक गोविन्द गजुरेलले सोधेको–‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला ?’ भन्ने प्रश्नको उत्कृष्ट जबाफ दिँदै खतिवडा मिस नेपाल बनिनु भएको हो  ।

श्रृङ्खलालाई मिस नेपाल २०१७ की विजेता निकिता चण्डकले क्राउन पहिर्याउनु भएको थियो । उपाधिसँगै श्रृङ्लाले ‘मिस वल्र्ड’मा प्रतिस्पर्धा गर्नु हुनेछ । खतिवडाले  ‘मिस यूनिभर्स’मा सहभागी गर्नु हुनेछ ।

‘मिस नेपाल अर्थ’ विजेता प्रिया सिग्देलले बनिनु भएको छ । उहाले  नेपालको प्रतिनिधित्व गर्दै ‘मिस अर्थ’मा सहभागी गर्नु हुनेछ । यस वर्षको ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि रोनाली अमात्यले हात पार्नु भएको छ। रोनाली ‘मिस इन्टरनेशनल’मा सहभागी गर्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्