मुम्बई । निजी जीवनका बारेमा खुल्न नचाहने कट्रिना कैफ बायोग्राफी लेख्न तयार भएकी छिन् ।
केही भारतीय अनलाइनले उल्लेख गरेअनुसार अबको केही महिनामा उनको बायोग्राफी पाठकले पढ्न पाउने छन् ।

विगतमा कट्रिनाको केही नायकसँग नाम जोडिएको थियो । यसबारे बायोग्राफीमा पढ्न पाइने आशा पाठकले राखेका छन् । एक प्रकाशन गृहलाई उनले आफ्नो बायोग्राफी लेख्नका लागि अनुमति दिएकी छिन् । उक्त पुस्तकमा मोडलिङदेखि अभिनेत्री क्वीन हुँदासम्मका प्रसंग समेटिने छ ।

किताबमा पहिलो फिल्म बुमदेखि बार्बी डलका प्रसंग समेत समेटिने छ ।

उनलाई बायोग्राफी लेख्नका लागि पहिल्यैदेखि दवाव आएको थियो । तर, मानेकी थिइनन् । केही साथीहरुले सुझाव दिएपछि उनी राजी भएकी हुन् । कटि्रनाले आमिर खानसँग अभिनय गरेको ठग्स अफ हिन्दुस्तान र शाहरुख खानसँग काम गरेको जीरो प्रदर्शन हुन बाँकी छ ।


प्रतिक्रिया लेख्नुहोस