पूर्व मिस नेपाल निकिता चण्डक अब नायिका हुने

<span class='c1'>पूर्व मिस नेपाल निकिता</span> <span class='c2'>चण्डक अब नायिका हुने</span>

काठमाडौं । पूर्व मिस नेपाल निकिता चण्डक अब नायिका हुने भएकी छन् । एक वर्षे मिस नेपालको कार्यकाल सकिएको केही दिनमै उनले चलचित्रमा साइन गरेकी हुन् ।

चण्डकले ‘रानीमहल’ मार्फत चलचित्रमा डेब्यू गर्न लागेकी हुन् । साइन गरिसेकेको चलचित्रबाट वर्षा सिवाकोटी पछि हटेपछि उनको ठाउँमा चण्डकलाई भित्राएको हो ।

चलचित्र केही दिनमै फ्लोरमा जाँदैछ । यो चलचित्रबाट प्रशान्त ताम्राकार पनि पछि हटिसकेका छन् । उनको ठाउँमा अर्जुनजंग शाहीले अभिनय गर्नेछन् ।

हिमाल न्यौपानेले निर्देशन गर्ने चलचित्र पुत्र मोहसँगै त्रिकोणात्मक प्रेम कथामा आधारित हुने निर्माण पक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्