‘हिमालय रोडिज’को दोस्रो संस्करण इटहरीबाट सुरु

‘हिमालय रोडिज’को दोस्रो संस्करण इटहरीबाट सुरु

इटहरी । साहसिक चुनौतीहरूले भरिएको रियालिटी शो ‘हिमालय रोडिज’को दोस्रो संस्करण ‘हिमालय रोडिज : वाइल्ड वाइल्ड बेष्ट’को अडिसन आज इटहरीबाट सुरु भएको छ । इटहरीको शुभारम्भ वाटिकाबाट रोडिजको दोस्रो संस्करण शुभारम्भ भएको रोडिजका निर्देशक अमनप्रताप अधिकारीले जानकारी दिएका छन् ।

अघिल्लो संस्करणमा अडिसन नभएको इटहरीमा युवाहरूको उत्साह देखेर यसपटक इटहरीबाटै रोडिजको सुरुवात गर्न लागिएको निर्देशक अधिकारीले बताए । उनका अनुसार, रोडिजको अडिसनका कार्यक्रम बिहान ६ बजे देखि नै सुरु हुने भएको हो । इटहरीपछि प्रतिस्पर्धी छनोटको कार्यक्रम यही वैशाख १० गते चितवनको नारायणी कला मन्दिर र १२ गते बुटवलको सिद्दार्थ कटेजमा गर्ने समेत अधिकारीले बताए । बुटवलपछि पोखराको होटल जल महलमा वैशाख १५ गते अडिसनको कार्यक्रम रहेको छ ।

यस्तै, वैशाख १८ गते काठमाडौंमा अडिसन भए सँगै हिमालय रोडिजको अडिसन राउण्डको समाप्ति हुनेछ । त्यसपछि छानिएका प्रतिस्पर्धीहरूलाई अर्को राउण्डमा प्रतिस्पर्धा गराइनेछ । रोडिजका फारमहरू हिमालय रोडिज डट कम सँगै अडिसन स्थलमा पनि उपलब्ध हुने अधिकारीले जनाएका छन् । अडिसनमा सहभागी हुने प्रतिस्पर्धीले आफ्नो नेपाली नागरिकता र फोटो भने अनिवार्य रूपमा बोक्नु पर्ने नियम बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्