विराटनगरको नेपाल बजारमा बालबालिकाकोलागि पहिलो पटक यस्तो योजना

विराटनगरको नेपाल बजारमा बालबालिकाकोलागि पहिलो पटक यस्तो योजना

प्रेम देवान
विराटनगर ८ बैशाख । विराटनगरको महेन्द्र चोकमा रहेको नेपाल बजारले बालबालिका लक्षित नयाँ योजना ल्याएको छ । नेपाल बजारले बालबालिका लक्षित विराटनगरमै पहिलो पटक गेम जोन ल्याउन लागेको हो । बालबालिकाकालागि विराटनगरमा अहिलेसम्म ईलोक्ट्रोनिक्स माध्यमबाट खेलाईने खेल स्थल नभएको कारण विराटनगरमा पहिलो पटक गेम जोन ल्याईएको नेपाल बजारका ब्यवस्थापक रविन्द्र चौधरीले जानकारी दिए ।
समयको माग अनुसार बालबालिकाहरुलाई मनोेरञ्जन प्रदान गराउने उद्देश्य विराटनगरमा पहिलो पटक नाईन डी भर्चल गेम ल्याएको चौधरीले आवर विराटनगलाई बताए । बालबालिकाहरु कम्प्युटर तथा खेलकोमाध्यामबाट नै बसेर भिएफएक्स ग्लास लगाएर आफु प्रत्यक्षरुपमा खेलको अनुभव लिन सक्ने चौधरीले जानकारी दिए ।
चाइनाबाट मगाएर गेम जोनमा एभेन्जर एनिमेसनका बाईक रेस, कार रेस भिडीयो गेम लगायत अन्य विभिन्न प्रकारका गेमहरु उपलब्ध गराईने नेपाल बजारले जनाएको छ । अबको एक साता पछि नेपाल बजारको अण्डरग्राउण्ड फ्लोर संञ्चालन गरिने भएको छ । गेम जोनको संचालनका लागि काम भईरहेको नेपाल बजारका सिईओ निवेश बस्नेतले जानकारी दिए । बालबालिकाहरुले विदाको दिन वाहेकपनि खेल जोनमा आएर मज्जा लिन सक्ने बस्नेतले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्