विराटनगरस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको गोदाममा ६५ मेट्रिक टन चिनी थन्कियो

विराटनगरस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको गोदाममा ६५ मेट्रिक टन चिनी थन्कियो

तारा आचार्य
मोरङ । अन्तर्राष्ट्रिय बजारमा चिनीको मुल्यमा अत्यधिक गिरावट आएपछि विराटनगरस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको गोदाममा करिब १ हजार ३ सय बोरा अर्थात ६५ मेट्रिक टन चिनी थन्किएर बसेको छ । चिनीको मुल्य प्रति किलो ८२ रुपैया राखेका कारण साल्ट ट्रेडिङको चिनी नबिकेको हो ।

थन्किएको चिनी भारतबाट गएको दशैं अगाडि एक प्रतिशत भन्सार तिरेर ल्याइएको थियो । एक प्रतिशत भन्सार तिरेर ल्याउदा पनि अहिलेसम्म करिब २ सय बोरा चिनी मात्र विक्री भएको साल्ट ट्रेडिङका कर्मचारीहरुले जानकारी दिएका छन् । दशैंको बेला दशैं सहुलियत भन्दै ५ रुपैया प्रति किलो सस्तो गरी ७७ रुपैयामा विक्री गर्न खोज्दा पनि चिनी विक्री नभएको साल्ट ट्रेडिङ कर्पोरेशन विराटनगरले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा चिनीको मुल्य अहिले घटेर ३ सय २० डलर प्रति मेट्रिक टन पुगिसकेको छ । यस हिसाबले पनि साल्ट ट्रेड्रिङ कर्पोरेशनको चिनी विक्री हुने सम्भावना अत्यन्त न्यून छ । सरकारले भने साल्ट ट्रेडिङ र चिनी मिलहरुको चिनी विक्री नभएको भन्दै भन्सार महसुल १५ प्रतिशतबाट बढाएर ३० प्रतिशत पु¥याएको छ ।

नयाँ अर्थ मन्त्री नियुक्ति भएपछि चैत्र १ गते यतामात्र विराटनगर भन्सार नाका भएर पाकिस्तानबाट करिब १० हजार ७ सय ४४ मेट्रिक टन सस्तोको चिनी आयात भएको छ । अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा अत्यधिक गिरावट आएपनि नेपाली उपभोक्ताहरुले भने सरकारी नीतिका कारण खासै सस्तोमा चिनी पाएका छैनन् । उपभोक्ताहरुको गोजीको पैसा अहिले चिनी मिलहरुमा थन्किएको चिनीको क्षतिपूर्तिमा खर्च भईरहेको छ ।(न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्