गर्भवती भएको हल्ला चलेपछि यस्तो

गर्भवती भएको हल्ला चलेपछि यस्तो

वैशाख १० – भारतीय मिडियाहरुमा बलिउड अभिनेत्री इलियाना डिक्रुज गर्भवती भएको खबरले चर्चा भइरहँदा इलियाना आफैँले यसबारे बोलेकी छिन् । उनले आफ्नो इन्स्टाग्राममार्फत यसको  जवाफ दिएकी छिन् ।

इलियानाले इन्स्टाग्राममा फोटो पोस्ट गर्दै आफू गर्भवती नभएको कुरा लेखेकी छिन् । उनले आफ्नो फोटोमा गर्भवती नभएको कुरा लेखेर पोष्ट गरेकी छिन । साथै उनले यो तस्बिर आफ्ना प्रेमी एण्ड्रु निबोनले खिचेको जानकारी पनि दिएकी छिन् ।

इलियानाले उनी गर्भवती भएको हल्लाको अन्त्य गरिदिएकी छिन् । तर उनको विवाहको बारेको कुरा भने अझै स्पष्ट भएको छैन । किनकी उनी बारेको हल्ला चलेपछि आफ्ना प्रेमी एण्ड्रु निबोनलाई ‘हबी’ लेखेर कमेन्ट गरेकि थिइन् । जब ‘हबी’ किन लेखियो भनेर सोधियो उनले यसबारे के जवाफ दिने भन्नेबारे थाहा छैन भनेर टारिदिएकी थिइन् ।

साथै उनले मेरो काम र निजी जीन्दगी राम्रोसँग चलिरहेको र आफ्नो जिन्दगीलाई गोप्य नै राख्ने बताएकी छिन् । उनले विवाहका बारेमा पनि केही समय अगाडि यस्तै किसिमको जवाफ दिएकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्