विराटनगरमा पनि “ हैरान च्यालेन्ज” राष्ट्रिय प्रतिभाको खोजी हुदै वैशाख २१ गते शिक्षादिप जाँउ

<span class='c1'>विराटनगरमा पनि “ हैरान च्यालेन्ज” राष्ट्रिय प्रतिभाको</span> <span class='c2'>खोजी हुदै वैशाख २१ गते शिक्षादिप जाँउ</span>

प्रेम देवान
विराटनगर १२ वैशाख । डान्स फिवरको व्यनरमा निर्मित नेपाली चलचित्र हैरानको प्रमोशनार्थ देश व्यापीरुपमा आयोजना गर्न लागिएको नेशनलवाईड हैरान च्यालेन्ज राष्ट्रिय प्रतिभाको खोजी विराटनगरमा पनि गरिने भएको छ ।
चलचित्र हैरानकी कार्यकारी निर्मात्री सम्झना पोखरेलले बुधवार विराटनगरमा पत्रकार सम्मेलन गरि आगामी बैशाख २१ गते विराटनगरको शिक्षादीप कलेजबाट पहिलो अडिसन राउण्ड संचालन गरिने जानकारी दिनुभयो ।
प्रतिभा भएर पनि अवशर नपाएका व्याक्तिहरुलाई यस कार्यक्रमले अवसर दिने भएकाले ८ बर्षदेखि २५ बर्ष उमेर सम्मका किशोर किशोरीको प्रतियोगितामा सहभागी हुन सक्नेछन् । यस च्यालेन्जमा देशको अन्य भागमा राष्ट्रिय प्रतिभाको खोजी अभियान शुरु गरिदै छ ।

[caption id="attachment_52942" align="aligncenter" width="4892"] विराटनगरमा पनि “ हैरान च्यालेन्ज” राष्ट्रिय प्रतिभाको खोजी हने विषयमा जानकारी गराउदै चलचित्र हैरानकी कार्यकारी निर्मात्री सम्झना पोखरेल ।
तस्वीर ः प्रेम देवान
आवर विराटनगर डट नेट[/caption]

२० गते झापाको विर्तामोडवाट शुरु गरिने अडिसन २१ गते विराटनगर , २२ गते हेटौंडा, २३ गते चितवन, २४ गते बुटवल, २५ गते नेपालगञ्ज, २६ गते दाङ , २७ गते पोखरा र २८ र २९ गते काठमाण्डौंमा हुनेछ ।
उत्कृष्ट प्रतिभावान व्यक्तिहरुले १ लाख नगद सहित डान्स फिवरको व्यानरमा निर्माण हुने चलचित्रमा अभिनय गर्ने मौका डान्स फिवरकी संचालक तथा कार्यकारी निर्मात्री पोखरेलले जानकारी बताउनुभयो ।
३ विधामा गरिने छनौट वाट प्रत्येक विधामा प्रथम हुने प्रतियोगिले नगद १ लाख र डान्स फिवरको व्यानरमा बन्ने चलचित्रमा सम्झौता गरिने छ । साथै हरेक विधाका १५ उत्कृष्ठ विजेताले जनही १० हजार नगद र डान्स फिवरको व्यानरमा निर्माण हुने चलचित्रमा विधाअनुसारको मौका प्रदान गरिने छ । छनौट चरणमा प्रतियोगिले एउटा हैरानकै गितमा र अर्को आफुले नै छनौट गरेको गितमा २÷२ मिनेटमा आफ्नो प्रस्तुति दिईसक्नु पर्नेछ । प्रतियोगिताका निर्णायकको रुपमा चलचित्र हैरानका कलाकार निस्मा घिमिरे, स्वरुपराज आचार्य, निर्मल शर्मा , सत्यराज आचार्य र गम्भिर विष्ट रहने आयोजकले जानकारी दिएको छ । जेठ ४ देखि देशभरीका सबै सेनेमा घरहरुमा एक साथ चलचित्र हैरान प्रर्दशन हुने भएको छ । ७ वर्ष ३४० दिनको उमेरमा नेपाली सेनामाको निर्देशन गरेर गिनिज बुक अफ बर्ड रेकर्ड बनाएका सौगात बिष्टको हैरान दोस्रो चलचित्र हो । सौगातले लभ यु बाबा पहिलो नेपाली चलचित्रको निर्देशन गरेका थिए । हैरान नेपाली कथामा आधारित नेपाली सेनेमा हो । काम नपाएर सडकमा अल्लारे जिवन विताएर हैरान भएका युवाहरुको कथा बस्तुलाई सेनेमामा समावेश गरिएको छ । समग्रमा हैरान उत्कृष्ट नेपाली चलचित्र हो । र देश भरीका नेपालीहरुले एक पटक हैरान हेर्नै पर्ने गरी निर्माण गरिएको छ । भारतका किशन श्रीकान्तले ९ वर्षको उमेरमा हिन्दी सेनेमा निर्देशन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका थिए । त्यसलाई नेपाली निर्देशक सौगात विष्टले तोडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्