देशभर मौसममा बदली, बिराटनगरमा पनि वर्षा

देशभर मौसममा बदली, बिराटनगरमा पनि वर्षा

बिराटनगर बैशाख १६, देशभर शुक्रबार बेलुकादेखि मौसममा बदली आएको छ । बिराटनगर लगायत कतिपय स्थानमा वर्षा भएको छ भने कतिपय स्थानमा असिनासमेत परेको छ । शुक्रबार बेलुका काठमाडौंकै कतिपय स्थानमा असिना परेको थियो ।

बंगालको खाडी हुँदै नेपाल प्रवेश गरेको न्यूनचापीय प्रणालीका कारण मौसममा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यस्तो अवस्था सोमबारसम्म कायम रहने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्