समुन्द्रभित्रको रिसोर्ट यस्तो छ !!

समुन्द्रभित्रको रिसोर्ट यस्तो छ !!

एजेन्सी । मालदीभ्सको एउटा रिसोर्ट आफ्नो पाहुनालाई समुन्द्रभित्र लगेर सुत्ने आनन्द दिनको लागि तयार भइरहेको छ । यहाँको कोनार्ड मालदीव रंगाली आइलैंडमा १६० करोड रुपैयाँको लागतमा दुई तले रिसोर्ट बनिरहेको छ । यसको एउटा भाग समुन्द्रको भित्र १६.४ फीट तल इण्डियन ओशियनको सतहमा छ । यसलाई संसारकै पहिलो समुन्द्रभित्र रहेको रिसोर्ट मानिएको छ । यसको कंस्ट्रक्सन अहिले पनि भैरहेको छ र यही वर्षको नोभेम्बर महिनामा पुरा हुने आशा राखिएको छ ।

यस महलको नाम मुराका हो जसको अर्थ मूँगा हुन्छ । यसले यहाँ आउने पाहुनालाई मरीन एन्वायरमेन्टलाई नजिकैबाट देख्ने मौका दिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस महलमा जिम, बार, पुल, क्वार्टर्सको लागि बटलर, समुन्द्रको पास बाथटब र सी लाइफको मजा लिनको लागि पानीभित्रै बेडरुम पनि रहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्