‘नाई नभन्नु ल ५’ मा निरुता सिंहलाई देख्न पाइने

‘नाई नभन्नु ल ५’ मा निरुता सिंहलाई देख्न पाइने

काठमाडौं । लामो समयको अन्तरालपछि अभिनेत्री निरुता सिंह नेपाली फिल्ममा पुनः देखिने भएकी छन् ।

अभिनेत्री सिंहलाई ‘नाई नभन्नु ल ५’ मा निर्देशक विकास आचार्यले छोटो भूमिकाका लागि अनुबन्धित गरेका छन् । अभिनत्री सिंह बालकलाकार अनुभव रेग्मीकी आमाको भूमिकामा देखिने भएकी छन् ।

लामो समयपछि दर्शकले अभिनेत्री सिंहलाई छोटै भूमिकामा भएपनि पर्दामा हेर्न पाउने भएका छन् । आचार्यको निर्देशनमा बन्दै गरेको यो फिल्मको छायांकन अन्तिम चरणमा पुगेको छ ।

यो फिल्ममा स्वस्तिमा खड्का, अनुभव रेग्मी, प्रियंका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ । आचार्यको यो िफल्म भदौ ८ गतेबाट दर्शकमाझ रिलिजान आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्