गजल : बुहारी आएपछी .. – कृष्ण न्यौपाने

गजल : बुहारी आएपछी .. – कृष्ण न्यौपाने

सुख दूख: बाँडियो, बुहारी आएपछी।
छोराको सिर ठाडियो,बुहारी आएपछी।

घरको काम वरको पर,नसार्ने मेरो छोरो,
संग संगै काममा नारियो,बुहारी आएपछी।

खाना र खाजाको ,ठेगान नहूने मेरो घरमा,
सारङ्गी पेट ढाडियो, बूहारी आएपछी।

यि ज्यानले तेल नदेखेका,बर्षौ भैसक्या थे,
सेवा भावले माडियो , बुहारी आएपछी।

हिजो भत्केको पाटी जस्तै ,देखिने घर,,
लिप पोत गरि बारियो , बूहारी आएपछी।

खै ? कहाँ तोडियो, खै ? कहाँ फोरियो ??
संबन्ध त ! झन् जोडियो,बूहारी आएपछी।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्