फिल्म “गोपी” निर्माणको घोषणा, खगेन्द्र लामिछाने र सुरक्षा पन्तको मुख्य भुमिका हुने

फिल्म “गोपी” निर्माणको घोषणा, खगेन्द्र लामिछाने र सुरक्षा पन्तको मुख्य भुमिका हुने

खगेन्द्र लामिछाने र सुरक्षा पन्तको मुख्य भुमिका हुने गरी फिल्म गोपी निर्माण हुने भएको छ। बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो। धनपतीमा सँगै स्क्रीन शेयर गरेका खगेन्द्र र सुरक्षा फिल्म गोपी मार्फत पूनः सँगै देखिने भएका छन् ।

फिल्मलाई दिपेन्द्र लामाले निर्देशन गर्न लागेका हुन् । आरोही फिल्मस्को ब्यानरमा फिल्म निर्माण हुन लागेको यस फिल्ममा खगेन्द्र र सुरक्षाका अलवा अंकित खड्का र प्रकाश घिमिरेको पनि अभिनय रहने छ। फिल्मका अन्य कलाकार भने छनोट हुन बाँकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्