कपिलले मागे पत्रकारसंग १०० करोड रकमको क्षतिपुर्ती

कपिलले मागे पत्रकारसंग १०० करोड रकमको क्षतिपुर्ती

कुनै बेलाका भारतीय टेलिभिजनमा धेरै हिट कमेडियनमा कहलाएका कपिल शर्मा जमिनबाट आकास हुँदै पुन जमिनमा पछारिएका छन् ।सोनी टिभी कमेडी सर्कसबाट आफनो करियर सुरुवात गरेका कपिलले “कमेडी नाईट्स कपिल” र “द कपिल शर्मा शो” बाट निकै चर्चा कमाए ।

आफ्नै सहकर्मी सुनिल ग्रोबरसंग झगडा परेदेखि उचाईमा रहेको करीयर एकाएक खस्कीएको हो । बिस्तारै डिप्रैसनको शिकार बनेका कपिलले मानसिक तनाबबाट गुज्रिएका कारण धेरै आलोचनाको साथै नयाँ ल्याएका सवै कार्यक्रमहरु एक एक गरी बन्द हुँदै गयो ।

आफनो म्यानेजरसमेत रहेकी पूर्व प्रेमीका प्रिती सिमोसको कारण नयाँ शो क्यान्सील भएको बताउँदै आएका उनी पूनः मिडियाबाट एकाएक गायब बने र चलिरहेको शो पनि बन्द भयो । उनी गायब बनेपछि मिडियामा विभिन्न खाले समाचारहरु बने । जसबाट आजित भएका उनले मिडियालाई गाली गर्दे ट्वीट पनि गरे । हालै उनले एक पत्रकारलाई  आफनोबारेमा नचाहिने खबर छापेको , आफनो बेईज्जत गरेको भन्दै कानुनी नोटिस पठाउँदै १०० करोडको क्षतिपुर्ती माग गरेका छन् ।

यतिमात्र होईन कपिलको समाचार हटाउँनु पर्ने र सार्वजनिकरुपमा माफी माग्नु पर्ने माग कपिलले गरेका छन् । उता कपिलले आफनो प्रेमीकाले २५ लाख मागेको भन्दै प्रहरीमा उजुरी पनि दिएका छन् । भनिन्छ यतिबेला कपिलले मानसिक तनावको कारण उपचार लिईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्