नोबेल क्वीज मेनिया सिजन ६ को फाइनल बैशाख ३० मा हुने

नोबेल क्वीज मेनिया सिजन ६ को फाइनल बैशाख ३० मा हुने

बिराटनगर बैशाख २७ . एक्रेटिभ मिडियाको निर्माण रहेको हाजिरीजवाफ प्रतियोगिता नोबेल क्वीज मेनिया सिजन ६ को ग्रान्ड फिनालेको प्रसारण मिति तय भएको छ ।

६ वर्षदेखि एक्रेटिभ मिडियाले निर्माण गर्दै आएको प्रतियोगिताको एसियाली संस्करणको फाइनल प्रतियोगिता वैशाख ३० गते प्रशारण हुनेछ ।

विभिन्न एसियाली राष्ट्रहरु सहभागि उक्त प्रतियोगिता आइतबार बेलुकी ९ बजे कान्तिपुर एचडी टेलिभिजन मार्फत प्रसारण हुनेछ ।

एसियाली राष्ट्रहरुका १९ समूहहरुको कडा प्रतिस्पर्धाबाट उत्कृष्ट सावित भएकामध्येबाट ३ समूहबीच हुने फाइनलमा भारतबाट बिरला विद्या निकेतन, नेपालबाट सीसीआरसी कलेज र बंगलादेशबाट नोट्रे ड्याम कलेज एकआपसमा प्रतिस्पर्धा गर्दैछन् ।

नोबेल क्वीज मेनिया ६ को एसियाली संस्करणमा विजयी हुने समूहलाई पुरस्कार स्वरुप पाँच लाख रुपैंया प्रदान गरिनेछ भने प्रथम तथा द्धितीय उपविजेताले क्रमशः तीन लाख रुपैंया तथा एक लाख पचास हजार रुपैंया प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्