‘छक्का पञ्जा–३’ को छायांकन सुरु

‘छक्का पञ्जा–३’ को छायांकन सुरु

नेपाली कथनाक चलचित्र ‘छक्का पञ्जा’को अर्को सिक्वेल ‘छक्का पञ्जा–३’ छायांकन सुरु भएको छ । शुक्रबार बिहान भक्तपुर स्थित सुर्यविनायक मन्दिरमा चलचित्र युनिटले पूजा गरि छायांकनको सुरु गरेको हो ।

चलचित्रमा अधिकांश कलाकार पुरानै रहेपनि केही कलाकार भने नयाँ हुने छन् । पुष्प खड्का र दिपिका प्रसाई छक्का पञ्जाको तेस्रो सिरिजमा भित्रिएका छन् । अन्य कलाकार भने अघिल्लो सिरिजकै हुनेछन् ।
दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, निर शाह, शिवहरी पौडेल, किरण केसी, जयनन्द लामा, अनुराग कुवर, शिशिर राणा, शिशिर बाग्देल, शारदा गिरी, प्रियंका कार्की लगायतका कलाकारको अभिनय रहने छ ।

दीपाश्री निरौलाले निर्देशन गर्ने चलचित्रमा सुमन गिरी, किरण केसी, शिवहरी पौडेल, पुरुषेतम प्रधान, तारा चन्द्र बजगाई, दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेका छन् ।  कार्यकारी निर्मातामा जितु नेपाल र केदार घिमिरे छन् ।

दीपकराज गिरीको कथा रहेको चलचित्रमा संबाद दीपक स्वयमसँगै जितु नेपाल, केदार घिमिरे, यमक श्रेष्ठले लेखेका छन् ।

अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहने चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्