विवाहितको क्याम्पस यात्रा: महेन्द्र मोरङका विवाहित युवती भन्छन्-‘दाईजोमा समस्या छ’

विवाहितको  क्याम्पस यात्रा: महेन्द्र मोरङका विवाहित युवती भन्छन्-‘दाईजोमा समस्या छ’

सुमन सुस्केरा,
विराटनगर, १ जेष्ठ ।
हातभरी चुरा अनी सिउँदोमा सिन्दुर भरिएका दुई महिला बिराटनगरमा रहेको महेन्द्र मोरङ बहुमुखी क्याम्पसको चौरको बिचमा रहेको मन्दीरमा गफिँदै थिए ।महेन्द्र मोरङको भित्री अबस्थाको बारेमा रिपोर्टिङ गरेर फर्किएका हामी उनीहरुसँग केही कुरा सोध्न चाहन्थ्यौँ । उनीहरु भएको ठाउँमा जाँदा उनीहरु त्यहाँबाट उठेर अन्यत्रै जान चाहन्थे । तर हामीले त्यहाँ हाम्रा कुरा राखिहाल्यौँ । कलेजको पढाईको बारेमा । दुईजना मध्य की एक हुन् पुजा साह ।उनी कक्षा ११ मा पढ्न आउँदा उनको परिचय सिरहा जिल्लाको सुकीपुरको लहान थियो । तर अहिले बिएस्सी तर्फको चौथो बर्षमा अध्ययन गर्दै गर्दा उनको परिचय फेरीएको छ । उनी अहिले आफ्नो परिचय सुनसरीको ईनरुवा भनेर दिन्छिन् । यसको कारण हो उनको बिहे पछि परिचय बदलिनु । उनको विवाह सिरहाबाट सुनसरीमा भएको हो । उनले विहे गरेको बल्ल ५ महिना मात्र पुगेको छ। गत मंसिरमा ईनरुवामा विवाह भएको उनले सुनाईन् । उनले बिवाह पछि पनि पढाईलाई निरन्तरता दिँदै आएकी छिन् ।

उनी विवाह गरेर जाने बेलामा पनि सोधिएको थियो पहिलो प्राथमिकता पढाईलाई नै दिने भनेर । ‘अहिले उनलाई माईतीको सहयोग त छ नै यता घरको पनि उतिकै सहयोग छ, उनी भन्छिन्, ‘परिवारबाट पुरै सहयोग छ, पढेको बुहारी पाएकोमा सबै दङ्ग छन् ।’
उनीसँगै थिईन् अर्की, विराटनगर ४ की रञ्जना यादव । उनी पनि विहे पछि पढाईलाई निरन्तरता दिँदै आएकी छिन् । उनको बिहे भएको गत फागुनको ९ गते हो । उनी विहे भएर माईती आएदेखि फर्किएर घर गएकी छैनन् । कारण हो, घरमा बस्यो भने पढाई बिग्रने चिन्ता । उनी अहिले बिएस्सी चौथो बर्षमा अध्ययन गर्दै आएकी छिन् । उनी भन्छिन्, नयाँ बुहारी बिहे पछि घरमा आएर बसिदिए हुन्थ्यो भन्ने चाहना राख्छन् तर उनीहरुले नै पढाईलाई पहिलो प्राथमिकता राख्नुपर्छ भने पछि माईतीमा नै बसेर पढेको हुँ ।’उनको पनि कुरा सुनियो र उनी आफ्नै माईती मै बसेर आफ्नो बिएस्सीको परिक्षा सकाएर घरमा फर्किने तयारीमा छिन् ।
मधेशी समुदायमा नयाँ ठाउँबाट बिवाह गरेर ल्याईएकी बुहारीलाई पढ्न पठाउनु हुँदैन भन्ने चलन अहिले पनि छ । तर केही अपवादको रुपमा यसरी अफ्नो शैक्षिक योग्यता पुरा गर्न रातदिन नभनी लागेका छन् । अहिले पनि मधेशी महिला विवाह पुर्ब जस्तोसुकै अबस्थामा रहेको भएपनि बिवाह पस्चात पढेलेखेका महिलाहरुलाई पनि घुम्टो भित्र राख्ने चलन कायमै छ । तर यी मधेशी महिलाको कुरा सुन्दा लाग्छ अब मधेशमा पनि विवाह पछि महिला आफ्नो शिक्षा पुरा गर्न कलेज जान्छन् । रञ्जना भन्छिन्, ‘नयाँ ठाउँमा आएकी बुहारीलाई पढ्न दिन हुँदैन भनेर पढाउँदैनन्, अझ कतिपय घरमा त बाहिर पनि निस्कन दिन हुँदैन भन्ने छ ।’
यसरी कलेजमा आएर पढ्ने मधेशी महिलाको संख्या ठुलो त छैन तर नगन्य मात्रामा भएपनि विवाह पछि पनि श्रीमती वा बुहारी पढाउनु पर्छ भन्ने देखिन थालेको छ ।

पहिला–पहिला पहाडमा विवाह गरेर जानुपुर्ब केटीका परिवारले एउटै प्रस्ताव राख्थे छोरी वल्ल यतिमा पढेकी छे अब छोरीलाई यतिसम्म पढाउनु पर्छ । तर मधेशी महिलाका परिवार वा विहे भएर जाने युवतीले आफ्ना कुरा राख्न नसक्ने भएपनि पढ्दै गरेका महिलाहरु आफ्नो पढाई पुरा गर्ने ठाउँसम्म पुगेको यी महिलाहरुको कुराले पुष्टी गर्छ।यी महिला मात्र हैन, महेन्द्र मोरङ आदर्श कलेजमा पढ्ने विज्ञान संकायको चौथो बर्षमा मात्र ४ जना रञ्जना, पुजा, सुनिता र दुुर्गा बिहे पछि आफ्नो पढाई पुरा गर्न कम्मर कसेर लागेका छन् ।
समस्या दाईजोको
पुजाको पढाई पनि राम्रो थियो । सबैले मन पराएको पनि हुन् । पढेलेखेकी पनि छिन तर यति हुँदाहुँदै पनि समस्याको रुपमा दाईजो नै रह्यो । उनको विवाहमा उनको माईतीले ४ तोला सुन दिनु पर्यो । एउटा पल्सर बाईक र २ लाख नगद समेत उनको माईतले दिएको सुनाईन् । पुजा भन्छिन्, दाईजोको समस्या सँधै हाम्रो रहीरहने भयो ।

उनको बिहेमा त शुरुमा दाईजोको नाममा १० लाख मागिएको थियो तर पछि २ लाखमा मात्र कुरा मिलेको हो । रञ्जनाका अनुसार केटी डाक्टर केटो ईन्जिनीयर हुँदा पनि दाईजो भने भई नै रहेको छ । उनीहरुको अनुभवमा धनीहरुको कारण पछिल्ला दिनमा दाईजोको माग बढ्दै गएको छ ।उनीहरु आफै पढेलेखेको भएप्नि दाइएजो केटा पक्षले माग गर्ने बितिकै दिनु पर्ने सुनाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्