आजबाट चलचित्र ‘हैरान’ रिलिज , बिराटनगरमा पनि प्रदर्शन हुने

आजबाट चलचित्र ‘हैरान’ रिलिज , बिराटनगरमा पनि प्रदर्शन हुने

नेपाली चलिचत्र ‘हैरान’ आज देशभर रिलिज हुँदैछ । विश्वकै कान्छा निर्देशकका रूपमा गिनिज अफ वल्र्डमा नाम लेखाएका नेपाली बाल निर्देशक सौगात विष्ट दोस्रो चलचित्र ‘हैरान’ का साथ दर्शकमाझ आएका छन् । बिराटनगरको हिमालय टाकिज र सिटि सिनेमामा चलचित्र प्रदर्शन हुने छ ।

चलचित्र हैरान आज शुक्रबारबाट मुलुकका ८० भन्दा बढी सिनेमा हलमा एकसाथ रिलिज हुँदै छ ।

फिल्म कमेडी र एक्सनमा तयार भएको छ, यो फिल्म सामाजिक विषयवस्तु समेटीएको एक मनोरन्जन प्रधान सिनेमा रहेकाे निर्देशक विष्टले बताए ।
बाल उमेरमै पहिलो चलचित्र ‘लभ यु बाबा’ निर्देशन गरेका गरेका सौगातले चलचित्र लभ यु बाबा भन्दा हैरान निकै फरक सिनेमा बनेको बताए ।

यो चलचित्रमा सत्यराज आचार्य, गजित विष्ट, मोहमदवसिम राज, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगाएतको अभिनय रहेको छ ।
डान्स फेबरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाइएल लामा, सम्झना पोख्रेल निर्माता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्