नयाँ अवतारमा ‘जाइरा’ मा आउदै नम्रता श्रेष्ठ (यस्तो छ नयाँ लुक्स)

नयाँ अवतारमा ‘जाइरा’ मा आउदै नम्रता श्रेष्ठ (यस्तो छ नयाँ लुक्स)

बिराटनगर जेठ ९ ,  लामो समय चलचित्रबाट टाढा रहेकी अभिनेत्री नम्रता श्रेष्ठको नया फिल्म आउने भएको छ । अहिले उनी फिल्म ‘जाइरा’मा काम गर्दैछिन् । यो फिल्मको नम्रताको नयाँ अवतार धारण गरेकी छिन् ।

यसै फिल्मको लागि नम्रताले आफ्नो कपाललाई समेत काटेकी छिन् । उनले ब्वाइज कट हेयर स्टाइल बनाएकी छन् । निर्माण पक्षका अनुसार फिल्ममा उनी मार्शलआर्ट खेलाडी बनेकी छन् । यसै फिल्मको लागि अभिनेत्री श्रेष्ठले ८ केजी तौल पनि घटाएकी बताएकी छन् ।

यो फिल्ममा अनुप विक्रम शाही, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, सृजना रेग्मी, सम्राट मगर, सुजिता श्रेष्ठ लगायतको प्रमुख भूमिका रहेकोछ । फिल्मको लुक्स सार्वजनिक कार्यक्रममा फिल्मका अन्य कलाकार पनि आफ्नो भुमिका अनुसारको लुक्समा उपस्थित भएका थिए ।

फिल्मलाई आशुतोष राज श्रेष्ठले निर्देशन गर्दैछन् । यो फिल्म आगामी मंसिर १४ बाट दर्शकमाझ रिलिजमा आउने जानकारी गराईएको छ ।

यस्तो छ नयाँ लुक्स :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्