‘दबंग ३’मा खेल्न सोनाक्षी सिन्हा स्लिम भइन

‘दबंग ३’मा खेल्न सोनाक्षी सिन्हा स्लिम भइन

एजेन्सी । बलिउड सुपरस्टार सलमान खानसँग ‘दंबगमा स्क्रीन शेयर गरेकी सोनाक्षी सिन्हा मोटी अभिनेत्रीको रूपमा परिचित छिन् ।उनको सुन्दरता र अभिनयमा राम्रो क्षमता हुँदा हुँदै पनि मोटोपनाको कारण पछिल्लो समय लाईमलाईटमा खासै आउेनसकीरहेकी थिईनन् ।

यस्तैमा एकाएक सोनाक्षीले इन्टाग्राममा एक तस्बिर सेयर गरेकी छन् जसले दर्शक र उनका सुभेच्छुक चकित बनेका छन् । । उक्त तस्बिरमा उनी निकै बदलिएकी छिन् । उनी यही नयाँ रूपमा अभिनेता सलमान खानसँग ‘दबंग ३’मा देखिने भएकी छिन् ।

पछिल्लो समय दबंग ३ सोनाक्षी नरहने खबर बाहिरिएता पनि निर्देशक अरबाज खानले सोनाक्षी नै चलचित्रमा रहने बताएका थिए । सोनाक्षी बलिउडमा डेव्यु गर्दा करिब ९० केजीकी थिइन् । उनले दंबगमा काम गर्न करिब ३० केजी वजन घटाएकी थिइन् । हाल उनले करिब ३५ किलो वजन घटाएको बलिउड मिडियाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्