केकी, रीमा र वेनिशाको थाइल्याण्डमा यस्तो मस्ती !!

केकी, रीमा र वेनिशाको थाइल्याण्डमा यस्तो मस्ती !!

नेपाली फिल्म इन्डस्ट्रीका नायिकाहरूकाे सम्बन्ध एक अर्काेसंग खासै राम्राे देखिदैन् । तर तीन यस्ता नायिकाहरू छन् जसकाे मित्रता लामाे समयदेखि टिकिराखेकाे छ । एक अर्काेकाे लागि पनि उत्तिकै सर्पाेटिभ पनि देखिन्छन् यी नायिकाहरू। हामी कुरा गर्दै छाैँ नायिका केकी अधिकारी, रीमा विश्वकर्मा र वेनिशा हमालकाे ।

नायिका केकी अधिकारी, रीमा विश्वकर्मा र वेनिशा हमाल मिल्ने साथी हुन् । यी नै तिन जना साथीहरू अहिले थाइल्याण्ड पुगेका छन् ।  छुट्टी मनाउन उनीहरू थाइल्याण्ड गएकाे हुनसक्ने अनुमान गरीएकाे छ । नेपाली चलचित्र क्षेत्रका ३ नायिकाहरुको तस्बिर हेर्दा अहिले यस्तै भन्न सकिन्छ ।

थाइल्याण्डको समुन्द्री किनारामा यी ३ नायिकाहरू निकै नै खुलेकाे देखिन्छन् । नायिका वेनिशा हमालले समुन्द्री तटमा स्विमसुटमा दिएकाे पोज निकै बाेल्ड देखिएकाे छ ।

गज्जबको थाइल्याण्डको हावापानीले नेपालमा साधारण भएर हिड्ने सुन्दरीहरु थाइल्याण्डको हावापानीमा भिजेपछि बोल्ड अनि अार्कषक देखिन्छन् ।

आफूले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को रिलिज पश्चात नायिका केकी अधिकारी दुई साथी वेनिशा र रीमाको साथमा थाइल्याण्ड पुगेकी हुन । (न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्