झोराहाटमा चारजना कवि सोह्रवटा कविता सुनाए

झोराहाटमा चारजना कवि सोह्रवटा कविता सुनाए

विराटनगर, १२ जेठ ।
मोरङको झोराहाटस्थित झोराहाट नाट्य समूहको नाटकघरमा शनिबार चारजना कविले आफ्ना शक्तिशाली १६ वटा कविता वाचन गरेका छन् । झोराहाट नाट्य केन्द्रले विगत दुई वर्षदेखि हरेक महिनाको दोस्रो शनिबार नियमित रुपमा कविता वाचन कार्यक्रम आयोजना गर्दै आएको छ । हालसम्म नेपाल र भारतका एक सयभन्दा बढी कविले आफ्ना कविता सुनाइसकेका छन् ।
२४ औं शृंखलाका रुपमा शनिबार सुनसरीका बम देवान, भक्तपुरका रामगोपाल आशुतोष, दार्जेलिङका निमेष सुब्बा ‘सिकारु’ र मोरङकी कवि रोमा निरौलाले आ–आफ्ना कविता प्रस्तुत गरे । नाटक घरमा खचाखच उपस्थित दर्शक÷स्रोतामाझ देवानले ‘जब–जब’, ‘म भरिया कान्छो’, ‘लड्नुअघि’, ‘बेनाम वनफूल’ र आशुतोषले ‘एक अर्गानिक प्रेम प्रस्ताव’, ‘शब्दहरु ए शब्दहरु’, ‘आँसुको बर्खिलाप’ र ‘फोटोग्राम’ शीर्षकका कविता वाचन गर्दा स्रोताबाट राम्रै ताली पाए ।
त्यस्तै प्रवासी कवि सुब्बाले ‘काठमाडौं सहर र म’, ‘निमेषानुभूति’, ‘व्यर्थैमा सकिँदैन पहाड’ र ‘पटका’ कविता वाचन गर्दा निरौलाले ‘मुनामदन र मुग्लान’, ‘परिवर्तन’, ‘बटुवालाई’ र ‘युग इतिहासमा अमर भानु’ शीर्षकको कविता वाचन गरिन् । उनीहरुका कविताले पनि स्रोताको मन जित्यो ।
नाटक समूहले नियमित साहित्यिक कार्यक्रमका साथै नाटक मञ्चनसमेत गर्दै आएको अध्यक्ष भरत गुरागाईंले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्