रणवीर सिंह र दीपिका पादुकोणको बिहेको मिति १९ नोभेम्बरमा निश्चित

रणवीर सिंह र दीपिका पादुकोणको बिहेको मिति १९ नोभेम्बरमा निश्चित

एजेन्सी। भारतिय पत्रिका दैनिक भाष्करका अनुसार बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहेको मिति लगभग निश्चित भएको छ । उनीहरूकाे बिहे यसै वर्षको १९ नोभेम्बरमा मुम्बईमा हुने भएको हो ।

दीपिका र रणवीरको साउथ इन्डियन परम्परा अनुसार बिहे हुने अनुमान गरिएको छ । दीपिकाको परिवारले  एक साउथ इन्डियन ज्योतिषिलाई ग्रह नक्षेत्र हेराएर मिति तय गरेकाे बताइएकाे छ ।

बिवाह मुम्बईमा नै हुने भए पनि विवाहस्थल भने फाइनल भएकाे छैन । अगष्टसम्ममा विवाहस्थलको टुंगो लाग्ने बताइएको छ भने हतारमा कुनै ठाउँ बुक गर्ने मुडमा दुवै परिवार नभएकाे बुजिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्