फिल्म ‘संजु’ को ट्रेलर रिलिज (भिडियाेसहित)

फिल्म ‘संजु’ को ट्रेलर रिलिज (भिडियाेसहित)

भारत । बलिउड सुपरस्टार नायक संजय दत्तको जीवनमा बनेको फिल्म ‘संजू ‘को ट्रेलर बुधबार रिलिज भएको छ । रणवीर कपूर संजय दत्तको विभिन्न अवतारमा देखिएको छ । संजय दत्तको रुपमा रणवीरलाई देख्दा दर्शकहरु छक्क परेका छन् ।

संजय दत्तले रणवीरलाई बडि बनाउन भनेपछि रणवीरले आफ्नो लुक्स र बडि दुवै बनाउने काम गरेको स्रोतले जनाएको छ । यो देखेर संजय दत्तले रणवीरको एकदमै तारिफ गरेको पनि जनाए । रणवीर कपूरले संजय दत्तको युवा अवस्था देखि उनको पुणे येरवडा जेलमा कैदी सम्मको काहानीलाई उतारेको छ । मान्छेको हरेक प्रकारको जीवन यस फिल्मको सार रहेको छ ।

फिल्ममा अनुष्का शर्मा, दीया मिर्जा,सोनम कपूर , परेश रावल , मनीषा कोइराला, बमन ईरानी र विक्की कौशल रहेका छन् ।

https://www.youtube.com/watch?v=1J76wN0TPI4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्