यस्तो सहर जहाँ २० मिनेटका लागि भाडामा पाइन्छ प्रेमिका

यस्तो सहर जहाँ २० मिनेटका लागि भाडामा पाइन्छ प्रेमिका

बेइजिङ । चीनको एक सहरमा एक्लोपन महसुस गर्दै आएका युवालाई ध्यानमा राखेर भाडामा प्रेमिकाको व्यवस्था गरिएको छ ।

गुआङ्गडोङ्ग प्राप्तको ह्युआन सहरमा यस्तो व्यवस्था गरिएको हो । ‘दि भिटालिटी सिटी सपिङ्ग कम्प्लेक्स’ मा भाडाका प्रेमिका बन्न तयार युवती लस्करै उभिएका हुन्छन् । पोडियममा उभिएका ती युवती कुनै पनि पुरुषसँग भाडामा प्रेमिका बन्न तयार हुन्छन् ।

भाडामा प्रेमिका बनाउनका लागि कम्तीमा २० मिनेटको शुल्क तिर्नुपर्दछ । २० मिनेटका लागि १ आरएमबी (१७ रुपैयाँ नेपाली) को हाराहारीमा शुल्क तिर्नुपर्दछ । त्यसभन्दा बढी समय राख्न चाहने हो भने अतिरिक्त शुल्क तिर्नुपर्ने जनाइएको छ ।

यसरी लिइएका प्रेमिकासँग उक्त सपिङ कम्प्लेक्सभित्र घुमफिर गर्न, वार्तालाप गर्न सकिने छ । तर उनीहरुको अनुमतिविना छुन पाइने छैन ।

सपिङ कम्प्लेक्स बाहिर लैजान पनि भाडामा लिइएकी प्रेमिका राजी हुनुपर्दछ ।

चीनमा महिलाको तुलनामा पुरुषको जनसंख्या बढी भएका कारण कयौं युवाले विवाहका लागि युवती पाउन सकेका छैनन् । यस्तोमा एक्लोपन महसुस गर्ने युवालाई ध्यानमा राख्दै यस प्रकारको सेवा सुरु गरिएको बताइन्छ । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्