संगितमा आफ्नो भविष्य खोज्दै नवगायक: रिजन बुढाथोकी

<span class='c1'>संगितमा आफ्नो भविष्य खोज्दै</span> <span class='c2'>नवगायक: रिजन बुढाथोकी</span>

चन्द्र पौडेल , बिराटनगर,२१ जेठ ।

संगित बर्तमानमा कसैको रहर बनेको छ त कसैको भविष्य । संगितमा आफ्नो भविष्य खोज्नेहरु खासै भेटिदैनन् भन्दा फरक नपर्ला । विशेष गरेर संगितमा भर्खर भर्खर बामे सर्नेहरु यसलाई यसलाई आफ्नो भविष्य भन्दा नि रहर पुरा गर्ने थलोको रुपमा प्रयोग गरिरहेका छन् । वर्तमानमा एकजना यस्तै नवगायक रिजन बुढाथोकी करिब ३ वर्षको वैदेशिक यात्रालाई बिट मारेर संगितमै आफ्नो भविष्य बनाउछु भन्दै आफ्नो पहिलो गीत दर्शक श्रोतामाझ ल्याएका छन् ।

इन्द्र परियारको निर्देशन तथा मोहन घिमिरेको निर्मातामा बनेको छुवाछूतका विरुद्ध चलचित्र `विभेद´ मा ‘आकाशको तारा’ बोलको गीतको साथमा उनी नेपाली संगितमा प्रवेश गरेका हुन् । गीतमा शब्द तथा संगित निर्माता घिमिरेको नै रहेको छ । सानैदेखि गित, संगितमा निकै रुचि राख्ने गायक रिजन व्यवहारिक समस्या कारण आफ्नो सांगीतिक जिवनलाई ब्रेक लगाएर केही वर्षका लागि विदेश पलायन भएका उनी अब कहिल्यै विदेश नफर्किने गरि अहिले आएर पुर्ण आफ्नो सांगीगरि यात्रालाई निरन्तरता दिई रहेका छन् ।

धनकुटा स्थायी घर भैई हाल इटहरी बसोबास गर्दै आएका गायक रिजन बुढाथोकीको यो पहिलो भेदभाव तथा छुवाछूत विरुद्ध गीत गाएर नेपाली संगितमा प्रवेश गरेका उनको यस्ता गितले भविष्य उज्ववल बनाउछ या बनाउदैन त्यो भने हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्