गरिखानेका कुरा–४, टर्कीको ब्यापार पुर्ब सर्दै, टर्कीको मुल्य प्रतिकिलो २ हजारसम्म

<span class='c1'>गरिखानेका कुरा–४, टर्कीको ब्यापार पुर्ब सर्दै,</span> <span class='c2'>टर्कीको मुल्य प्रतिकिलो २ हजारसम्म</span>

सप्तरी , २२ जेठ ।
युवाको लहर विदेशतिर बढिरहेका बेला सप्तरी जिल्लाको दुइ युवाले भने गाउँमै नयाँ कामको थालनी गरेका छन् । कञ्चनरुप नगरपालिका वडा नं. १२ रुपनगर घर भएका शाहिद अली र आशिक अलीले जिल्लामै पहिलो पटक टर्की जातको पंक्षी पालन गरेका छन् । गाउँमै बसेर सिर्जनशील काम गर्ने सोच राखेका अलीले चार महिनाअघि काठमाडौ बाट दुई सयवटा चल्ला ल्याएर टर्की पाल्न सुरू गरेका हुन् । उनले ल्याएको केही महिनामै केही चल्ला र टर्की समेत बिक्री गरिसकेका छन् । एक महिना अघि एक लाख पचास हजार रुपैयाँभन्दा बढीको टर्की र चल्ला विक्री गरेको उनले बताए । भर्खर जन्मेको टर्कीको चल्लाको मूल्य सात सय देखि ८ सय रुपैयाँ सम्ममा बिक्री हुने उनीहरु सुनाउँछन् । एक महिना पाल्दा एक हजार देखि २ हजारसम्ममा बिक्री हुने ति युवाको ४ महिनाको अनुभव छ । चार महिनामा चल्ला दिन सुरू गर्ने टर्की छ देखि नौ महिनासम्म मासु खानका लागि उपयुक्त हुन्छ ।
भाले टर्की १२ देखि १३ किलोग्राम तथा पोथी सात देखि आठ किलोग्राम तौलको हुन्छ। एक किलो टर्कीको मासुको मूल्य एक हजार रुपैयाँ पर्छ। छोटो समयमा नै राम्रो किसानको रुपमा उनीहरुले आफ्नो पहिचान बनाईसकेका छन् ।सञ्चारमाध्यम र इन्टरनेटको माध्यमबाट टर्की पालन सम्बन्धि जानकारी पाएपछि उनी यसतर्फ आकर्षित भएका हुन् ।
‘टर्कीको मासु गाउँमै विक्री भइरहेको छ,’ उनले भने, ‘नेपालका विभिन्न ठुला शहरहरुबाट जिउँदो टर्की किन्न ग्राहक घरमै पुग्ने गरेका छन् । स्वदेशीभन्दा विदेशी पर्यटकले यसको मासु मन पराउने गर्छन् ।’
एक वर्षमा पूर्ण रूपले तयार हुने पंक्षी टर्कीलाई कुखुरालाई जस्तै दाना र हरियो घाँसको आहारा खुवाउने गरिन्छ । उच्च रक्तचाप, मधुमेह जस्ता रोगका बिरामीलाई टर्कीको मासु उत्तम मानिन्छ । टर्कीको मासुमा चिल्लो तथा बोसोको मात्रा कम हुने हुँदा यसको मासुको माग बढिरहेको उनी बताउँछन् । मेहनत गरेर काम गर्ने हो भने थोरै लगानीबाट पनि राम्रो काम गर्न सकिन्छ भन्ने उदाहरण यी युवासँग छ । उनीहरुले बैदेशिक रोजगारीमा गएर कमाउने पैसा भन्दा नेपालमा नै केही गर्न सक्यो भने त्यो भन्दा उपयुक्त अरु केही नहुने उनीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्