विराटनगरमा पुष ९ गतेदेखि ‘विराट ट्रेड एक्स्पो’ हुदै ,३५ करोडको कारोबार हुने

<span class='c1'>विराटनगरमा पुष ९ गतेदेखि ‘विराट ट्रेड</span> <span class='c2'>एक्स्पो’ हुदै ,३५ करोडको कारोबार हुने</span>

विराटनगर । मोरङ उद्योग ब्यापार संघ विराटनगरको आयोजनामा यसपटकको विराट ट्रेड एक्स्पो २०२५ आगामी पुष ९ गतेदेखी १९ गते सम्म आयोजना हुने भएको छ । पुष दोस्रो सातादेखि विराटनगर १ स्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खाली मैदानमा अन्तराष्ट्रिय स्तरिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी विराट ट्रेड एक्स्पो हुने भएको हो ।

मोरङ उद्योग व्यापार संघले विराटनगरमा सोमबार पत्रकार सम्मेलनगरी ११ दिन सम्म एक्स्पो हुनेबारे जानकारी गराएको छ । यसपटकको एक्स्पोको संयोजक संघका सचिव अमित कुमार सारडालाई तोकिएको छ । यसपटकको एक्स्पो विगतको भन्दा व्यापक रुपमा लगाउने तयारी भईरहेको एक्स्पोको संयोजक अमित कुमार सारडाले पत्रकार सम्मेलनमा जानकारी गराए । एक्स्पोको लागि यसपटक २३० वटा स्टल रहने जनाईएको छ । हाल सम्म २६ वटा स्टल विदेशी कम्पनीहरुले बुक गरिसकेको आयोजकले जनाएको छ । एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठुला उद्योगहरुका साथै भारत, बंगलादेश, पाकिस्तानका उत्पादित वस्तुहरुका स्टल राखिने जनाइएको छ ।

एक्स्पो सञ्चालनका लागि अढाई करोड खर्च हुने र करिव ३५ करोडको कारोवार हुने बताईएको छ । पत्रकार सम्मेलनमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले विराटनगरमा प्रदर्शनी स्थल नहुँदा समस्या भएको बताए । उनले प्रदर्शनी स्थलका लागि विराटनगर महानगरपालिका, प्रदेश सरकार, संघीय सरकारलाई पटक–पटक भनेपनि सुनुवाई हुन नसकेको गुनासो गरे । प्रर्दशनी स्थल नुहँदा हरेक पटक एक्स्पो फरक–फरक स्थानमा आयोजना गर्नु परेको उनले बताए । साथै यसपटकको एक्सपोमा दर्शकहरुलाई मनोरन्जन प्रदान गर्न विभिन्न राष्ट्रिय व्याण्ड कुमा सागर, रकहेड्स ईलिमेन्टस, कुटुम्व , स्वप्न सुमन , मेलिना राई लगायत यहाँका स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्