विराटनगर भित्रैको सामुदायिक विद्यालय बेहाल, काकाकुल बन्दै बिद्यालय धाउँदै (भिडियो सहित)

विराटनगर भित्रैको सामुदायिक विद्यालय बेहाल, काकाकुल बन्दै बिद्यालय धाउँदै (भिडियो सहित)

प्रेम देवान,
विराटनगर २४ जेठ ।
विराटनगर महानगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा खानेपानीको अभाव भएको पाईएको छ । उनीहरु शुद्ध पिउने पानीबाट बञ्चित छन् । किताब कपि त परै जाओस राम्रोसँग पढ्ने समेत वातावरण नभएको पाईएको छ । विराटनगर १ परोपकार घाट नजिकै रहेको सयपत्री परोपकार प्राथमिक विद्यालयको अबस्थाको बारेमा स्थलगत रिपोर्टिङका लागि पुगेका थिए आवर बिराटनगर डटकम सहकर्मी प्रेम देवान.......
       ###                                        ###                                          ###

विराटनगर महानगरपालिका वडा नम्बर १ परोपकार घाट नजिकै एउटा बिद्यालय छ । त्यहाँ केही बालबालिका खेल्दै गरेका अनी पढ्दै पनि गरेका, त्यही बिचमा हामी एउटा कक्षामा पुग्दा त एक जना बिद्यार्थी मात्र लिएर एक शिक्षक पढाउँदै थिए । यही परोपकार घाटको छेउमा रहेको बिद्यालय हो, सयपत्री परोपकार प्राथमिक विद्यालय । यो बिद्यालयको अबस्था कहाली लाग्दो छ । खुला चउरको विचमा विद्यालय छ, जहाँ रोडको छेउमा विना घेराबेराको बिद्यालयको अबस्था देख्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्छ । तर त्यस्तै भएको छ, यो बिद्यालयमा ।
ल ठिकै छ, बिद्यालय त खुल्ला चौर मै हुनुपर्छ भन्ने पनि लाग्ला । हुन पनि पहाडतिर धेरै बिद्यालयहरु खुल्ला चौरका बिचमा ठिङ्ग उभिएका हुन्छन । तर यही खुल्ला ठाउँमा बिद्यालय छ भन्ने चिन्ता मात्र हैन यहाँका बाबालिकाल पानी समेत खान पाउँदैनन् । पानी खान नपाएर उनीहरु घरमा नै गएर पानीको प्यास मेट्नु उनीहरुको बाध्यता जस्तै छ । कक्षा भित्र पढ्दै गरेका बालबालिका तिर्खा लाग्दा बिद्यालय छाडेर दौडिएर घरमा पुग्छन् अनी प्यास मेटेर फर्कन्छन् ।
यस बिद्यालयमा पिउने पानीको धारा त छैन नै बिद्यालयमा बिजुलीको लाईन समेत नहुँदा यो गर्मीको बेला समेत तातिएको टिनको छानोमा बसेर पढ्नु यी स–साना बाबुनानीको बाध्यता बनेको छ ।
बिद्यालयमा पानीको ब्यवस्थापन नै नभएको उनीहरु पानी खानको लागि आफ्नै घरमा जाने गरेको बिद्यालयकी शिक्षक कमला दुलाल बताईन् । हामी त जसो–तसो घरबाटै बोतलमा पानी ल्याएर खान्छौँ तर स्कुलले विद्यार्थीहरुलाई घरमा नै पानी पिउन जानुपर्ने बाध्यता छ, उनले भनिन् ।
स्कुलमा पढाउदै गरेकी शिक्षक निरा दाहालले विराटनगर महानगरपालिकालाई धेरै पटक भन्दा पनि नसुनेको गुनासो गरिन् । बिद्यालयको समस्याको बारेमा पटक पटक ध्यानाकर्षण गराएको भएपनि चासो निदईएको उनको दुखेसो छ। यही विद्यालयको परिसरमा हाट बजार लाग्छ । हाट बजार लाग्दा त झ बालबालिका पढ्दै नसक्ने र आधा समयमा नै बिदा दिने गरेको पाईएको छ ।
कक्षा कोठामा पानी चुहिन्छ
बिद्यालयको अबस्था लथालिङग र भताभुङ्ग छ । यही बिद्यालय हो जुन बिद्यालय महानगरपालिकाको वडा नम्बर १ को शिक्षित समाजको बिचमा छ भनेर पनि भनिन्छ । एक नम्बर वडालाई सबैभन्दा अगाडी रहेको वडाको रुपमा लिने गरिन्छ । यही वडाको आमने–सामने अर्को वडा छ वडानम्बर तिन । वडा नम्बर ३ बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको घर भएको वडा हो । यी दुबै वडा जोडिएका छन् ।
तर बिद्यालयको भौतिक पुर्वाधारको पाटोमा कसैको पनि ध्यान गएको छैन । बिद्यालयको कक्षा कोठामा पानी चुहिन्छ । अलिअली पानी पर्ने बितिकै बिद्यालयबाट बाट बालबालिकालाई घर पठाई हाल्नु पर्ने बाध्यता छ । कक्षा कोठाको छाना प्वाल परेको छ । जहाँ पानी परेको दिन त झनै विद्यार्थीहरु अर्को कोठामा गएर पढ्नुपर्ने बाध्यता रहेको छ । थोत्रो टिनको छानो मुनी बसेर उनीहरु पढ्छन् अनी सामान्य बर्षा हुने बितिकै अर्को कक्षामा दौडिएर पुग्छन्, बिद्यालयकी एक शिक्षकले बताईन् ।
यस बिद्यालयमा बालविकास केन्द्र सहित कक्षा ४ सम्म पढाई हुदै आएको छ । विद्यालयमा जम्मा ३० जना विद्यार्थी नियमित बिद्यालयमा आउने गरेकाछन् । दैनिकी ३० जनासम्म नियमित आउने गरेको भएपनि टिफिन पछि १० जना पनि बिद्यालयमा भेट्न मुस्किल पर्छ । विद्यालयका प्रधानाध्यापक छत्रबहादुर कट्वालले बिद्यालय समस्यै समस्याले जर्जर भएको गुनासो गरे । ‘विद्यालयको आन्तरिक स्रोत पनि केही छैन, उनले भने, वडा कार्यलयमा पनि कुरा राखेको तर पनि समस्याको सुनुवाई भएन ।’
विराटनगर महानगरपालिकाका अधिकांश सरकारी बिद्यालयहरुको अबस्था यस्तै नै रहेको आँकलन गरिएला तर माध्यामिक बिद्यालयहरुले आफ्नो बिद्यालयको पढाईमा सुधार गरेका छन् भने आधारभुत बिद्यालयहरुको अबस्था अहिलेपनि कहाली लाग्दो छ ।
हुन त सरकारले सबैभन्दा बढी लगानी शैक्षिक क्षेत्रमा गरेको देखिन्छ । वैशाखमा भर्ना भएका मुलुकभरका विद्यार्थीको तथ्यांक संकलन गर्दा अझै पनि ५९ हजार ७ सय ३३ बालबालिका बिद्यालय बाहिर रहरेको पाईन्छ । तर नियमित बिद्यालय जाने र उनीहरुलाई बिद्यालयबाट फेरी फर्किने वातावरण आउन दिनु नहुने हो तर बालमैत्री नगर भित्रैको अबस्था हेर्दा सबैको मन पिरोलिने गरेको छ । विगतको भर्ना अभियान केन्द्रीय सरकारले सञ्चालन गर्दै आएको थियो तर यो बर्ष त सबै स्थानीय सरकार भएकोले सबैले जिम्मेवारी लिएर अभियान संचालन गरेका थिए । तर बिद्यालयको वातावरणको अबस्थाको बिषयमा भने बेखबर जस्तै देखिएको छ ।
तर विद्यालय भर्ना भएर पनि बिद्यालय नजानुको कारण भनेको देख्दा सामान्य लाग्नै यही बिद्यालयको जस्तो समस्याको कारणले बालबालिका बिद्यालय नजाने गरेको शिक्षा क्षत्रेका जानकारहरु बताउँछन् । .विद्यालयका शिक्षक, बिद्यालय प्रशासन, ब्यवस्थापन समिति तथा सम्वन्धीत निकायको यस्ता बिद्यालयमा ध्यान जानु पर्छ भन्ने हाम्रो मान्यता हो ।
महानगरपालिका के भन्छ यस विषयमा .? कसरी यस्तो अबस्थामा पुग्छन् बिद्यालय भन्ने बारेमा हामी खोधि खोजी कै क्रममा छौ । महानगर भित्रै भएको सामुदायिक बिद्यालयको अबस्था किन भद्रगोल हुँदैछन् ? बाँकी अर्को अंकमा । स्थलगत रिपोर्ट यस्तो छ। 

https://www.youtube.com/watch?v=k366CEaaW8Y&feature=youtu.be

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्