बिराटनगर–बथनाहा रेल यसरी चल्नेछ, रेल्वे परियोजना अधिकारीद्धारा कामको निरिक्षण

बिराटनगर–बथनाहा रेल यसरी चल्नेछ, रेल्वे परियोजना अधिकारीद्धारा कामको निरिक्षण

विराटनगर, २८ जेठ ।
भारत जोगवनी–विराटनगर रेल्वे परियोजना’ को आइतबार निरीक्षण भएको छ। भारतीय रेल्वे विभाग र निमार्ण कम्पनीका प्रतिनिधिसहितको उपस्थितिमा रेड गुडने लिगको निरीक्षण गरिएको हो। निरीक्षण गर्ने प्रतिनिधिहरूले निमार्णको गुणस्तरीय र तीव्र गतिमा निमार्ण गर्न निर्देशन दिएका छन् । उक्त परियोजना निमार्ण गर्ने जिम्मा पाएको भारतीय निर्माण कम्पनी इर्कनले अहिले भारतको बथनाहादेखि विराटनगर–१८ भेडयारीसम्म रेल्वे परियोजनाको काम धमाधम गर्दै आएको छ।
कुल ३ अर्ब ७३ करोड भारतीय रुपैयाँको लगानीमा बन्ने रेलमार्ग भारतको बथनाहादेखि नेपालको कटहरीसम्म १८.६ किलोमिटर रहेको छ। अहिले आठ किलोमिटरसम्म धमाधाम काम भइरहेको इर्कनको असिसटेन मेनेजर रणविरकुमारले जानकारी दिए। जसमध्ये ३.३ किलोमिटरसम्म लिक बिछ्याउने काम सकिएको उनले जानकारी दिए। बथनहा र भेडयारीमा रहेको रेलको स्टेसन दुवैतिरबाट काम हुँदै आएको छ। ‘धमाधम काम गरेर आउँदो अक्टोबरसम्म जसरी पनि विराटनगर १८ बेडयारीको रेल्वे स्टेनसम्म रेल ल्याउनेछौँ’, उनले भने, ‘त्यसपछि नेपालतर्फको तीन किलोमिटर क्षेत्रको मुआब्जा विवाद समाधान भए आउँदो मार्चसम्म कटहरीसम्म रेल कुदेको तपाईहरुले हेर्न पाउनुहुनेछ।’ बेडयारी नेपालमा निर्माणाधिन अवस्थामा रहेको एकीकृत भन्सार जाँच चौकी (आइसीपी) छेउ पर्दछ। उक्त स्थानमा अहिले रेल स्टेशन निर्माण कार्यसमेत अन्तिम चरणमा पुगेको छ। उनका अनुसार बथनादेखि कटहरीसम्म चार वटा रेलको स्टेशन रहने जानकारी दिए। जसमा एउटा बथनामा, अर्को बुधनगर, भेडयारी र कटहरीमा रेलको स्टेशन रहने छ ।
‘दुवै तिरबाट काम धमाधाम भइरहेको छ,’ उनले भने, ‘बथनाहादेखि र भेडयारी दुवै तिरदेखी रेलको लिक बिछ्याउने काम भइरहेको छ।’ बीचको रेल्वे लाइन निर्माणको काम धमाधम भइरेको छ। गत मार्च मसान्तसम्ममा आयोजनाको रकममध्ये २ अर्ब १३ करोड रकम खर्च भइसकेको छ भने ६० करोड बराबरको रकमको काम कटहरी स्टेशनको जग्गा विवादले रोकिएको छ। जग्गा विवाद समाधान हुनेवित्तिकै उक्त रकम खर्च गर्ने क्रम सुरु हुनेछ। भारत र नेपालको सीमा क्षेत्रको स्टेशनबाट कटहरीसम्म १० किलोमिटर जग्गामध्ये तीन किलोमिटर क्षेत्रमा काम हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्