अब घर बनाउन चिन्तै छैन : ढलान निर्माणको जगतमा बिएएसएफले ल्यायो खुसिको बहार

अब घर बनाउन चिन्तै छैन : ढलान निर्माणको जगतमा बिएएसएफले ल्यायो खुसिको बहार

विराटनगर, २८ जेठ ।
बिराटनगरमा रहेको राठी कोल कम्पनीले बिएएसएफ प्रोडक्टस (कन्ष्ट्रक्सन केमिकल) को शुभासम्भ गरेको छ । एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले बिएएसएफ (कन्ष्ट्रक्सन केमिकल) प्रोडक्टहरुको बारेमा जानकारी गराएको हो । सोही अवसरमा राठी कोल र राठी हार्डवेयरका प्रोडक्टहरुका बारेमा जानकारी दिईएको थियो । कार्यक्रममा ढलान निर्माण सम्बन्धि ईन्जिीनियर्स, डिलर्स र ठेकेदारहरु संग बिएएसएफ प्रोडक्ट (कन्सट्रक्सन केमिकल) को प्रयोग, यसका फाईदाको बारेमा समेत जानकारी गराईएको थियो । कम्पनीका प्रतिनिधी पुनित, निशान्तले बिएएसएफ जर्मनी कन्ष्ट्रक्सन केमिकल संसरकै एक नम्बर कम्पनी भएको जानकारी दिए । मास्टर पचल ७७७ ढलानका लागी उत्तम रहेको र यस प्रोडक्टको प्रयोगले मजबुति र छिटो छरितो तयार गर्न एवम छत चुहिने समस्याबाट मुक्त रहने जनाईएको छ । त्यस्तै मास्टर ईमाको एसबिआर २ प्लास्टर, फ्लोरिङ वाटरप्रुफिङ कोट, रिपेरिङका लागि उत्तम रहेको जानकारी दिइएको थियो ।
यस्तो छ तरिका
फुटेको प्लास्टरका लागि ५ किलो सिमेण्टमा १ केजी एसबिआर २ मिक्स गरि फुटेको ठाउ“लाई बनाउँदा कहिल्यै नचर्कने कम्पनीको दाबी छ । प्लास्टरमा १ केजी सिमेण्ट, ५ केजी पानी, १५ केजी बालुवा र १ किलो एसबिआर २ को रेसियोमा प्रयोग गर्नु पर्ने बताईन्छ । मास्टर लाईफ सीआई २२० पोडक्ट कन्ष्ट्रक्सनका लागि उपहारको रुपमा आएको कम्पनीले जनाएको छ । यो प्रडक्ट ढलान, पिलर, फाउन्डेसनमा प्रयोग गरेपछि यसले छड (डण्डी) मा एक प्रकारको प्रोटेक्स लेयर बनाउछ र यसले छड (डण्डी)मा खिया लाग्नबाट जोगाउछ । छड कुनै पनि घरको वनावटलाई कायम राख्ने मेन स्रोत भएको र यसलाई सीआई २२०को कमालको प्रोटेक्टले घरको आयु २ सय बर्ष बनाउने कम्पनीले दाबी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्