सर्पले टोके के गर्ने , के नगर्ने ? जानीराखौ !!

सर्पले टोके के गर्ने , के नगर्ने ? जानीराखौ !!

गर्मी महिनामा सर्पदंशका घटना निकै बढ्छन् । खासगरी नेपालको तराईं भेगमा सर्पदंशका घटना बढी हुन्छन् । अमेरिकामा हरेक वर्ष ८ हजार मानिसहरु सर्पले टोकेर अस्पताल पुग्छन् । तीमध्ये ५ जनाको मृत्यु हुने गरेको छ ।

अधिकांश अवस्थामा सर्पदंश खतरनाक हुन्छन्। सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने हुनुका साथै तन्तुहरुलाई क्षति पुर्याउँछ । यसका साथै आन्तरिक रक्तस्राब पनि गराउँछ । अमेरिकी चिकित्सकले सर्पले टोक्दा के गर्ने र के नगर्न भन्ने विषयमा केही सल्लाह दिएका छन् ।

के गर्ने ?
– तत्काल इमर्जेन्सीमा गइहाल्नुपर्छ । टोकेको त्यति विषालु नभएपनि टिटानस र केही गम्भीर ब्याक्टेरियल संक्रमणको खतरा हुनसक्छ ।

– सकेसम्म टोकेको स्थानलाई अलि अलि भएपनि चलाउनुपर्छ, यसले विष अलि ढिलो फैलन मद्दत गर्छ ।

– सर्प कस्तो थियो भन्ने पनि याद गर्नुहोला । यसले चिकित्सकलाई उपचारमा सहयोग पुग्नेछ । सकेसम्म कुन स्थानमा टोकेको थियो भनेर पनि भन्नुहोला ।

– टोकेको समय पनि ख्याल गर्नुहोला । यसले कति समयअघि टोकेको थियो भनेर उपचार गर्न सहयोग मिल्छ ।

– कुनै गहना छ भने सुन्निनुभन्दा पहिल्यै निकाल्नुहोला ।

– आवश्यक पर्छ भने दुखेको कम गर्न टाइलेनोल (पारासिटामोल) लिनुहोला ।

– सर्पदंश उपचार केन्द्रको नम्बर सधैं साथमा राख्नुहोला ।

के नगर्ने ?

– सर्पलाई समात्ने या मार्ने प्रयास नगर्नुहोला । सर्पले फेरि टोक्न सक्छ ।

– टोकेको स्थानमा चुस्ने प्रयास नगर्नुहोला। सर्पको विष मुखबाट गयो भने तपाईंका लागि अर्को खतरा हुनेछ ।

– टोकेको क्षेत्रमा बेस्सरी नबाँध्नुहोला ।

– टोकाईको पीडा बिर्सन रक्सी सेवन नगर्नुहोला । बरु यसले विष चाँडो फैलन सहयोग गर्छ ।

– टोकेको ठाउँमा चिसो, आइस, तातो या कुनै पनि खालको मल्हम नलगाउनुहोला ।

– एस्पिरिन, ब्रुफेन या अन्य खालको पेनकिलर नलिनुहोला । यस्ता पेनकिलरले रगत पातलो बनाउँछ ।

– टोकेको स्थानमा काटेर रगत झार्ने प्रयास नगर्नुहोला, यसले शरीरको तन्तु नष्ट गर्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्