राम्रा होटलमा बासीभात र गन्हाउने तरकारी, अघिल्लो दिनको बेचेर उपभोक्ता ठग्छन्

राम्रा होटलमा बासीभात र गन्हाउने तरकारी, अघिल्लो दिनको बेचेर उपभोक्ता ठग्छन्

विराटनगर, २९ जेठ ।
विराटनगरका पत्रकारहरुको एक टोली सोमबार बिहानै मोरङको उत्तरी क्षेत्रको वनको अबस्थाको बारेमा अनुगमन गर्न निस्किएको थियो । जिल्ला वन कार्यालयले मोरङमा शुरु गरेको बैज्ञानिक वन ब्यवस्थापन भन्दै लगिएका पत्रकारहरुलाई बिहानको खाजा सुन्दर हरैँचाको बिराटचोकमा खुवाउने कार्यक्रम तय भएको थियो । बिहानी खाजा भएकोले ताजा खोज्दै गएको आयोजकले बिराटचोकमा रहेको एउटा होटलमा पु¥यायो । सबैजना बसेका थिए । आफ्नै हिसावमा कोही राजनीतिक गफमा गफिएका, कोही विकास निर्माणका कुरा गरेका अनी कोही खाँदै गरेको खानेकुराको गफमा मस्त थिए । वातावरण रमाईलो नै थियो ।
विहान ८ बजे बिराटचोकमा रहेको मिलन स्वीट हाउसमा खाजा खाँदै गरेको अबस्थामा केही गन्हाएको जस्तो लागेर यसो आफुले खाँदै गरेको कान्तिपुर टेलिभिजनका पत्रकार महाप्रसाद खतिवडाले तरकारी बासी परेको पत्ता पाए । अनी उनले होटल संचालकलाई त्यसमा बारेमा जानकारी लिन खोजे । तर उल्टै होटल संचालकले निहुँ खोजेका थिए । मैले पकाएको हैन मलाई के थाहा ? भन्ने जस्ता गैरजिम्मेवार जवाफ दिएका थिए । पछि पत्रकारहरुले प्रहरी बोलाउने बताएपछि उनी हच्किएर अघिल्लो दिनको आलु मिसाएर खुवाएको जवाफ दिएका थिए ।
यसरी यो घटनाले होटलहरुमा हुने लापरवाहीलाई उदाङ्गो पारेको छ । पुर्ब पस्चिम राजमार्गको हाईवे मै रहेको यो होटलले सर्बसाधारणलाई ठगीगरी बासी र सडेगलेको खुवाउने गरेको तथ्य बाहिर आएको हो । राजमार्ग क्षेत्रमा संचालनमा आएका मिलन स्वीट हाउस जस्ता धेरै होटलहरुले बासीखाजा तथा खाना खुवाउँदै आएको भएपनि अनुगमन भने प्रभावकारी भने देखिएको छैन ।
यस बिषयमा होटलका संचालक महेन्द्र पोखरेलले अहिलेसम्म नभएको गल्ती भएको स्वीकार गरेका छन् । अहिलेसम्म १८ बर्ष बितिसकेको अबस्थामा मैलै गलत नै गरौँ भनेर जानेर गलत नगरेको बताए । खाजा होटलको रुपमा लामो समयसम्म कुनै कमजोरी नहोस भन्नको लागि सचेत रहँदै आएको भएपनि स्टाफको कारण कमजोरी भएको बताए । ‘म थिईँन गाईडेन्सको कमीले गर्दा यस्तो भएको हो, उनले भने, नराम्रो खुवाउँ भन्ने त मलाई पनि कहाँ छ र ? एक दिनको गल्तीले सँधै घाटा खाने मन मलाई पनि छैन ।’
तर यसरी यी राजमार्गका होटलहरुमा आउने अधिकांश ग्राहक भनेको छोटा समयको लागि आउने गर्दछन् । त्यसैको फाईदा यी होटल संचालकहरुले उठाउने गरेको यात्रुहरु बताउँछन् । प्राय लामो दुरीका सवारी साधनहरु आउने र होटलहरुमा खाना तथा खाजा खुवाउने गर्दछन्।
यो होटलले मात्र हैन अधिकांश राजमार्ग क्षेत्रका होटलहरुले यसै गरी वासी अघिल्ला दिनको बाँकी रहेको खानेकुरा खुवाउने गरेको गुनासो पटक पटक आउने गरेको छ । बजार अनुगमन गरेर उपभोक्ता ठगिनबाट जोगाउने जिम्मेवारी ऐनले स्थानिय तहलाई दिएको अधिकारको अहिलेसम्म प्रयोग भएको छैन ।
होटलमा हुने अनुगमनको सन्दर्भमा मोङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले पछिल्लो समय संरचनात्मक असरका कारण अनुगमनमा असर परेको बताए । बिषयगत कार्यालयहरुमा एक दुईजना मात्र कर्मचारी हुँदा कहिँ अनुगमनमा निस्कन सक्ने अबस्था नरहेको उल्लेख गरे ।
जिल्ला प्रशासन कार्यालयमा मात्र पनि तेल, खानेपानी लगायतका उपभोक्तासँग जोडिएर आएको जानकारी दिँदै उपभोक्ताको स्वास्थ्यमा असर पार्ने खालका कुनैपनि गतिबिधि हुन नदिने बताए । अहिले पनि बिभिन्न अनुगमन टोलीहरु सुचनाको आधारमा अनुगमनमा निस्कने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्