विराटनगरमा विश्वकपकप हेर्न २० हजारदेखि ५ लाख सम्मका टिभीको किनबेच

विराटनगरमा विश्वकपकप हेर्न २० हजारदेखि ५ लाख सम्मका टिभीको किनबेच

प्रेम देवान
विराटनगर ३० जेठ । कटहरी २ का चन्दन विश्वास र रामेश्वर थारु विराटनगरको टिभी सोरुममा भेटिए । अन्ततः उनीहरुले विराटनगर धरान रोडमा रहेको भाटभटेनी सुपर मार्केटबाट ३२ ईन्चको टिभी किनेर लगे । उनीहरुले यसरी टेलिभिजनको खोजी गर्नुको एउटै कारण थियो क्लबको हलमा बसेर यसपटको विश्वकप हेर्ने ।
उनिहरु जस्तै विराटनगर ३ का लाल कार्कीले पनि विराटनगर ७ मेन रोडमा रहेकोे अरुण ईलोक्ट्रोनिक्समा ४३ ईन्चको स्मार्ट एलईडी टिभी किने । उनले खरद गरेको टेलिभिजनको मुल्य ४५ हजार हो । उनले पनि यसपटको विश्वकप हेर्नकालागि नै किनेको बताए । उनले भने ‘पहिले घरमा सानो साईजको टिभी थियो, विश्वकप हेर्नको लागि पनि ठुलो साईजको टेलिभिजन किनेँ ।’
विश्वकपमा ठूला स्क्रिनका टेलिभिजन सेट किन्नेहरु अहिले ह्वातै बढेका छन् । वल्र्डकप कै लागि भनेर दिनमा २देखी ३ वटासम्म ठूला साईजका टिभी किन्न आउने गरेको एविसी मोवाईल एण्ड ईलोक्ट्रोनिक्सका संञ्चालक प्रविण कार्कीले बताए । अरु समयमा हप्तामा एउटा पनि टिभिको कारोवार नहुनेमा अहिले हप्तामा ४ देखी ५ वटा सम्म विक्री भएको उनले सुनाए ।
भाटभटेनीका विारटनगरका म्यानेजर विनोद भटराई टेलिभिजनबारे बुझ्न आउनेहरु ह्वात्तै बढेको बताउछन् । ‘उपभोक्ताहरु ठूला स्क्रिन र एलइडी टेलिभिजन किन्न आइरहेका छन्, उनले कोही रेटमा वास्तै नगरी किन्ने पाईएको छ नभे कतिपय सस्तोमा ठुला स्क्रीन मात्र खोज्नेछन् ।’
ब्राण्डेड टेलिभिजनमा एलजी, सिजी, सामसुङ, सोनी, यासुडा,राहु लगायतका ६ विभिन्न ब्राण्डका टेलिभिजनको इन्च अनुसारको मूल्य १८ हजारदेखी ५ लाखसम्म पर्छ । भाटभटेनीले अहिले विभिन्न कम्पनीहरुका टिभी लिनेहरुलाई ३० प्रतिशत सम्म छुट दिएका कारण पनि दैनिकी १० वटासम्म विक्री हुने गरेको भटराईले बताए ।
बजारमा स्काइ वर्थ, पानासोनिक, सोनी, सामसुङ लगायत ब्राण्डका टेलिभिजन १८ हजार रुपैयाँदेखि ६ लाख पाउने गरेको ईकाई वर्थ ईलेट्रोनिक्सका विक्रेता राजीव तामाङले बताए । टेलिभिजन खरिद गर्दा विश्वकपकोलागि भनेर ग्राहकलाई १५ प्रतिशत देखि २० प्रतिशतसम्म छुट दिईएको उनले बताए । केही दिन भित्रै ओएलईडीको ६५ ईन्चको ५ लाख २५ हजारमा विक्री भएको उनले जानकारी दिए ।
विक्रेताहरु भन्छन्– अहिले ग्राहकको रोजाइमा एलइडीका स्मार्ट, नन स्मार्ट, एचडी, फुल एचडी लगायतका टिभीमा ध्यान जाने गरेको छ । यसपटक २१ औं संस्करण विश्वकप रसियामा हुँदैछ । विश्वकप फुटवलको महाकुम्भ मेला शुरुहुनै लाग्दा फटवल प्रमी भने हौसिएका छन् । ३२ राष्ट्रले भाग लिने उक्त प्रतियोगिताको रौनक घरका गफ देखि फेसबुकका वालमा छरपस्ट देखिँदै आएको छ । विश्वकप आगामी जेठ ३१ गतेदेखि असार ३१ सम्म हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्