उद्योग संगठन मोरङको अध्यक्षमा युवा उद्योगी भीम घिमिरे निर्विरोध निर्वाचित

उद्योग संगठन मोरङको अध्यक्षमा युवा उद्योगी भीम घिमिरे निर्विरोध निर्वाचित

विराटनगर, जेठ ३० । उद्योग संगठन मोरङको अध्यक्षमा युवा उद्योगी भीम घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।
उद्योगी घिमिरेको नेतृत्वमा १३ सदस्यीय कार्यकारिणी समिति निर्विरोध निर्वाचित भएको छ । गत शनिबार पूर्वप्रधानमन्त्री तथा नेकपा का अध्यक्ष पुष्पकमल दाहालले संगठनको ४६ औं साधारणसभा उद्घाटन गरेका थिए ।

[caption id="attachment_56767" align="alignnone" width="353"] Bhim Ghimire[/caption]

मंगलबार घोषणा गरिएको समितिको वरिष्ठ उपाध्यक्षमा सुयष प्याकुरेल, उपाध्यक्षमा (कोष) मा प्रदीप मुरारका, उपाध्यक्ष (कृषि, जलस्रोेत र ऊर्जा) मा राजकुमार गोल्छा र उपाध्यक्ष (रोजगारदाता) मा राकेश सुराना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी कार्यकारिणी समिति सदस्यहरूमा संजयकुमार अग्रवाल, सुबोध कोइराला, भोलेश्वर दुलाल, तारानाथ निरौला, सुनिलकुमार धनावत, नारायणप्रसाद मुन्दडा, विपिन काबरा, विनोद पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

२०२४ सालमा जुद्धबहादुर श्रेष्ठले स्थापना गरेको संगठनको नेतृत्व हालसम्म सर्वसम्मतबाटै हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्