गरिमा विकास बैंकको शाखा बिराटनगरमा पनि , मोरङको ४ स्थानमा खुल्यो बैंक

गरिमा विकास बैंकको शाखा बिराटनगरमा पनि , मोरङको ४ स्थानमा खुल्यो बैंक

गरिमा विकास बैंक लिमिटेडले झापाको विर्तामोड, बुधबारे र बनियानी तथा मोरङ्गको विराटचोकमा शाखा कार्यालय उद्घाटन गरेको छ । त्यस्तै यस बैंकले सुनसरी र मोरङ्गका विभिन्न ४ स्थानमा समेत शाखा कार्यालयको उद्घाटन गरेको छ ।

विकास बैंकले जेष्ठ २५ गते सुनसरीको ईटहरी र धरान तथा मोरङ्गको विराटनगर र टंकीसिनवारी शाखाको उद्घाटन गरेको हो । ईटहरी शाखाको उद्घाटन ईटहरी उप–महानगरपालिकाका मेयर द्धारिकलाल चौधरी, धरान शाखा धरान उप–महानगरपालिकाकी उपमेयर मन्जु भण्डारी सुवेदी, बिराटनगर शाखा बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुली र टंकीसिनवारी शाखा बुढीगंगा गाउपालिकाका अध्यक्ष बालचन्द माझीले उद्घाटन गरेका हुन् ।

विकास बैंकले प्रदेश नं. १ अन्र्तगतका ८ वटा शाखा कार्यालय उद्घाटनको पूर्वसन्ध्यामा २०७५ जेष्ठ २३ गते ९ प्रतिशत व्याजदर र विभिन्न सुविधासहित गरिमा दम्पति बचत खाता र गरिमा कर्मचारी बचत खाता सञ्चालनमा ल्याएको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडका राजधानीमा ५ वटा शाखा कार्यालय सहित देशभर ५७ शाखा कार्यालय संचालनमा रहेका छन । विकास बैंकले छिट्टै नै काठमाडौंका नयांबानेश्वर, ललितपुरको कुमारीपाटी, भक्तपुरको सुर्यविनायक, पोखराको रामबजार, रुपन्देहीको योगीकुटी, दाङ्गको घोराही, बांकेको नेपालगञ्ज, कैलालीको धनगढी र झापाको दमकमा समेत शाखा कार्यालय खोल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्