विश्वकपमा अर्जेन्टिना र आइसल्याण्ड भिड्दा नेपाली झन्डा फरर..

विश्वकपमा अर्जेन्टिना र आइसल्याण्ड भिड्दा नेपाली झन्डा फरर..

रुस विश्वकपमा अर्जेन्टिना र आइसल्याण्ड भिड्दा नेपाली समर्थकले नेपालको झण्डा प्रदर्शन गरेका छन् ।

शनिबार समूह डीको पहिलो खेलमा अर्जेन्टिनाले आइसल्याण्डसँग १ १ को बराबरी खेलेको थियो, जुन खेलमा लिओनल मेस्सी पेनाल्टीमा गोल गर्न समेत चुकेका थिए ।

यो खेल हेर्न नेपाली समर्थकहरु पनि रंगशालामा पुगेका थिए । कोकाकोलाले भाग्यमानी ४० नेपालीलाई रुसमै पुगेर विश्वकप हेर्ने अवसर जुराएको थियो ।

कोक खाम, रसिया जाम अफरका विजेताहरुलाई विश्वकपको एक खेल प्रत्यक्ष हेर्न अवसर दिइएको थियो । उनीहरु मध्ये केहीले शनिबार अर्जेन्टिना र आइसल्याण्डको खेल हेरेका छन् ।

खेलका क्रममा उनीहरुले नेपाली झण्डा समेत प्रदर्शन गरेका छन् ।(अनलाइन खबर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्