१९ श्रावण २०७७, सोमबार

भारतमा एक व्यक्तिले गर्मी बनाएको भन्दै सुर्य बिरुद्ध उजुरी गरेपछि …

जाडो, गर्मी, बादल, वर्षा सबै प्रकृतिको नियम नै हो । अहिले गर्मीको मौसम छ, र केही महिनापछि जाडो आउँछ ।

गर्मी बढि भयो भने के गर्ने ? जिउलाई चिसो र शितल बनाउने खालका उपायहरु अपनाउनुपर्ला । तर भारतमा एकजना मानिसले चाहीँ धेरै गर्मी भएको भन्दै सूर्य विरुद्ध पुलिसमा हालेका छन् ।

 

मध्यप्रदेशको शाजापुरका शिवपाल सिंहले स्थानीय पुलिस चौकीमा सूर्य भगवान विरुद्ध उजुरी दर्ता गराएका हुन् ।

आफु पछिल्लो ६ हप्तादेखि उधुम गर्मीबाट पीडित भैरहेको भन्दै उनले आकाशबाट वषिर्रहेको आगोले आफुलाई निकै समस्या भएको उनले उजुरीमा उल्लेख गरेका छन् ।

अत्यधिक गर्मीको यो समस्याका लागि ब्रम्हाण्ड निवासी श्रीमान सूर्यनारायण जिम्मेवार रहेको भन्दै उनले भारतीय संविधान तथा अन्य कानून बमोजिम सूर्यलाई सख्त कारवाही हुनुपर्ने माग पनि गरेका छन् । एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-8-2

Country Confirmed Death
Nepal2033257
India180369538135
China879854669
Malaysia8999125
Qatar111107177
Australia17938208
US4667955154860
Saudi Arabia2788352917