एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले बराहाक्षेत्र चतरामा बृहद योग शिविर गर्ने

एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले बराहाक्षेत्र चतरामा बृहद योग शिविर गर्ने

विराटनगर, ५ असार ।
विश्व योग दिवसको अवसरमा एक नम्बर प्रदेश सरकारले चतरामा बृहद योग शिविर आयोजना गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयको अगुवाईमा योग शिविर आयोजना गर्न लागिएको हो । एक नम्बर प्रदेशका मोरङ, सुनसरी तथा उदयपुरका स्थानीय तहका प्रमुखहरु समेतको उपस्थिती रहने गरी एक हजार पाँच सयबढी योग शिविरमा सहभागी गराउने गरी योग शिविरको तयारी भईरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले मन्त्रालय स्तरबाट धार्मिक पर्यटकिय स्थल बराहक्षेत्र चतरामा योग शिविरको आयोजना गर्न लागिएको जानकारी दिए । ‘सबै नागरिक स्वस्थ रहनु पर्छ भन्ने हाम्रो मान्यता हो, मन्त्री घिमिरेले भने, ‘योगको माध्यामबाट पनि धेरै खालका रोगको उपचार हुने विस्वास रही आएकोले हामीले योग दिवसलाई भब्य मनाउन खोजेका हौँ ।’

शिविरमा सहभागी हुनको लागि एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, मन्त्रीहरु जीवन घिमिरे, ईन्द्र आङबो, जगदीश कुसियैत, हिक्मत कार्की लगायतको मन्त्रीमण्डलको टिम नै चतरामा योगमा सहभागी हुन जाने बताईएको छ । स्थानीय जन प्रतिनिधि, एक नम्बर प्रदेश सभाका सदस्य, प्रहरी अधिकारी, ब्यवसायी, पर्यटन क्षेत्रका ब्यक्तिहरु लगायतको एक नम्बर प्रदेशका धेरै स्थानबाट योग शिविरमा सर्बसाधारणको उपस्थिती जुटाउने मन्त्रालयको तयारी छ ।
हरेक बर्ष जुन २१ तारिखलाई विश्वले योग दिवसको रुपमा मनाउँदै आएको छ । विश्व योग दिवसको अवसर पारेर चतरामा दिवसलाई भब्य रुपमा मनाउन लागिएको मन्त्रालयले जनाएको छ । दिवस मनाउने बारेमा मन्त्रालय स्तरबाट तयारी तिब्र पारिएको छ ।

योग शिविरमा एक हजार पाँच सय बढीको उपस्थितीमा एकै ठाउँमा योग गर्ने तयारी छ । एक नम्बर प्रदेशलाई स्वस्थ रहन योग भन्ने मुल नाराका साथ यो शिविरको आयोजना गरिएको हो । नजिकैबाट बग्ने कोशीको शितलतासँगै गोग गर्नको लागि धेरै स्थानबाट सर्बसाधारणको उपििस्थती हने विस्वास लिईएको छ । 
यस्तो योग

संसारभरि लोकप्रिय भएको योग शब्द कर्मयोग, ज्ञानयोग, ध्यानयोग अनेक रुपमा हिन्दु, बौद्ध, र जैन संस्कृतिमा व्यवहार भइरहेको शब्द हो । योगको सोझो अर्थ हो जोड्नु । योगको क्रियाले पनि मानवीय चेतनालाई यसका अनेक आयामसंग सम्बन्धित गर्न सक्छ– शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्यको केन्द्रमा गरिने सम्बन्धनलाई नै योगको रुपमा बुझिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्