विराटनगर सडकका हाट बजार साउन देखि हट्दै, यसरी हुन्छ ब्यवस्थापन

<span class='c1'>विराटनगर सडकका हाट बजार साउन</span> <span class='c2'>देखि हट्दै, यसरी हुन्छ ब्यवस्थापन</span>

विराटनगर, ६ असार ।
विराटनगरमा मुख्य सडकहरु पुरै ढाकेर लाग्ने हाट बजार अब भने हटाईने भएको छ । विराटनगर महानगरपालिकाले साउन १ गते देखि लागु गर्ने गरी यो निर्णय कार्यान्वयनमा ल्याउन लागेको हो । प्रदेश १को अस्थायी राजधानी विराटनगरका सडक क्षेत्रमा लाग्ने हाट बजार ब्यवस्थापन गर्न नसक्दा सडक अस्तब्यस्त हुँदै आएको थियो । सातै दिन हरेक वार महानगरका कुनै न कुनै स्थानमा हाट बजार लाग्ने गरेको छ । हाट बजारमा खासगरी तरकारी, अन्न, हाँस, कुखुरा, माछा, मासु, खाद्यान्न, भाँडा, मेकअपका सामाग्री तथा कृषि जन्य उपजहरु बिक्री बितरणका लागि  राखिएका हुन्छन् ।

मुल सडकदेखि सहायक सडकहरुमा लाग्ने साप्ताहिक हाटबजारले महानगरमा ट्राफिक जामको समस्या समेत थपेको छ । सडकमै लाग्दै आएको हाट बजारले महानगरको सौन्दर्य र वस्तीलाई समेत असर पारेको छ । विराटनगरको गुद्री स्थीत तरकारी बजार बर्षौ देखि सडक नै ढाकिने गरि लाग्दै आएको छ । गुद्री हाट बजारबाट बिराटनगर महानगरले बार्षिक १२ लाख ३५ हजार राजश्व संकलन गर्दै आएको छ । यो हाटबजार मात्र हैन विराटनगर महानगरपालिका भित्रमात्र डेढ दर्जन ठाउँमा हाटबजार लाग्दै आएको छ ।
यसरी हट्छ
सडक अतिक्रमण गरेर बिराटनगरमा लाग्दै आएका हाट बजार आउदो साउन १ देखी पूर्ण रुपले निषेध गरिने भएको छ । अव्यवस्थित रुपले लाग्ने हाटबजारले शहरको सौन्र्दयलाई असर पारेको महानगरको बुझाई छ। बर्षौदेखि लाग्दै आएका हाट बजार ब्यवस्थापनको लागि महानगरले साउन १ गते देखि अभियानको रुपमा यो काम अघि सार्न लागेको हो ।
महानगरपालिकाका मेयर भीम पराजुलीले सडक क्षेत्रमा लाग्दै आएको हाटबजारलाई बिस्थापित गराउने नीतिगत निर्णय भैसकेकोले साउन १ गतेदेखी बन्द गरिने बताए । अहिले सडकमा यातायातका साधनलाई नै आवत जावतमा असर पार्ने गरी लगाईएको हाटबजार हटाउनको लागि केही निश्चीत मापदण्ड भने तय गरिने छ । त्यको लागि नजिकैको खाली जग्गालाई प्रयोग गर्न सकिने महानगरले जनाएको छ । यस्तै महानगरले लिँदै आएको हाट बजार कर समेत नलिने निर्णय अबको परिषद गर्ने तयारी छ । कुनै व्यवसायीले तरकारीको व्यापार गर्नै पर्ने भए गुद्री बजारबाट खरिद गर्ने आी भाडाका सटरमा बेच्न पाउने छन् । यसले गर्दा नगरको फोहरमैला व्यवस्थापनमा पनि केही सहज पुग्ने विस्वास गरिएको छ ।
हाट बजारका असर
साप्ताहिक हाटबजारले आवागमनमा समस्या पारेको, दुर्घटना बढदै गएको , हाटबजारबाट निस्केको फोहरले शहरनै दुर्ग्न्धित पारेको छ । दमकल , एमबुलेन्स जस्ता अतिआवश्कय सबारी साधनलाई समेत सडकमा लाग्ने हाट बजारले आवत जावतमा निक्कै ठुलो असर पार्दै आएको छ । तर त्यसलाई ब्यवस्थापन गर्ने बारेमा अहिलेसम्म कुनै निर्णय नभएपनि उपमहानगर हुँदा हटाउने प्रयास भएपनि ब्यपारीको चर्को बिरोधका कारण यस्ता हाट बजार हट्न सकेको थिएन । विराटनगरमा गुद्री बजारसहित अन्य १८ वटा हाटबजार लाग्दै आएका छन् । ती बजार अव्यस्थित र साँघुरा छन । साँघुरो बजारमा फोहोर, घुँइचो, तरकारीको गाडी पार्किङ्ग गर्ने ठाउँको अभाव पनि छ । बजार भित्रको ट्राफिक व्यवस्थापनका लागि पनि हाट बजार हटाउन लागिएको हो । अहिले स्थानीय सरकार बिराटनगर आफैँ भएकोले पनि बिराटनगरको विकासमा हाट बजार हटाउने निर्णयलाई धेरैले सकारात्मक लिएका छन्
हाट बजार ब्यवस्थापनको सहज उपाय
प्रदेश राजधानीका मुख्य सडकमा दैनिक तथा साप्ताहिक हाटहरू लाग्ने गरेका छन् । व्यस्त सडकमा लाग्ने हाटबजारलाई महानगरपालिकाले व्यवस्थित गर्न केही योजनाहरु पनि अघि सारेको छ । हटाउने भन्ने बितिकै कुनै उपाय त दिनै पर्ला तर त्यसका सहज उपाय बिराटनगर महानगरसँग एउटै छ त्यो हो कटहरी गाउँपालिकामा निर्माणाधिन अबस्थामा रहेको ब्यवस्थित क्षेत्रीय कृषि बजार केन्द्र । मेयर भिम पराजुलीले कृषि प्रदर्शनी केन्द्र निर्माण भईरहेकोले त्यही ब्यवस्थापनको तयारी भईरहेको बताए । व्यावसायिक कृषि तथा व्यापार आयोजनाले स्थानीय जनप्रिय माध्यमिक विद्यालय कटहरीको ४ विघा २ कठ्ठा र सार्बजनिक सरकारी १८ कठ्ठा २ धुर गरि कूल ५ विघा २ धुर जग्गामा १३ करोड ७६ लाख ५४ हजार ७ सय १० रूपैयाँ लागतमा बजार निर्माणकोे काम अन्तिम चरणमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्