अमेरिकामा यौनधन्दा चलाएको अभियोगमा चर्चित भारतीय अभिनेत्री पक्राउ

अमेरिकामा यौनधन्दा चलाएको अभियोगमा चर्चित भारतीय अभिनेत्री पक्राउ

एजेन्सी। अमेरिकामा यौनधन्दा चलाएको अभियोगमा चर्चित भारतीय अभिनेत्री दम्पती पक्राउ परेपछि भएको अनुसन्धानमा ५ चर्चित तमिल अभिनेत्री यो धन्दामा संलग्न भएको प्रमाण भेटिएको छ ।

अमेरिकी जाँच एजेन्सीले इनिलयसको अदालतमा यो केसको सम्बनधमा आफ्नो जाँचको रिपोर्ट पेश गरेको छ । रिपोर्टका अनुसार यी हिरोइनले लामो समयदेखि कुनै फिल्म वा टेलिभिजन प्रोडक्सनमा काम पाएका छैनन् । यसका बावजुद पछिल्ला केही महिना उनीहरुको बैंक खातामा लाखौं रकम जम्मा भएको छ । यही कारण उनीहरुमाथि शंका लागेपछि अनुसन्धान गरिएको थियो ।

अमेरिकी जाँच एजेन्सीले २८ अप्रिलमा शिकागोमा छापा मारेर यो अन्तर्राष्ट्रिय सेक्स र्याकेटको पर्दाफास गरेको थियो । यो धन्दा चलाएको आरोपमा भारतीय किशन मोदुगुमुदी र उनकी पत्नी चन्द्रकला पूर्णिमालाई गिरफ्तार गरिएको थियो । यो दम्पतीले तमिल र तेलुगु फिल्म उद्योगबाट हिरोइनहरुलाई फसाएर अमेरिकामा यौनधन्दा चलाएको अनुसन्धानमा खुलेको छ । हिरोइनलाई अमेरिकामा भारतीय फिल्म समारोहमा भाग लिने बहानामा बोलाइन्थ्यो ।

एक हिरोइनको शंकास्पद गतिविधिका कारण यो धन्दाको पर्दाफास भएको हो । ती हिरोइन २० नोभेम्बर २०१७ मा दिल्लीबाट अमेरिकाको ओहायो अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन् । उनलाई १८ नोभेम्बर २०१७ मा अमेरिकामा तेलुगु एसोसिएसन अफ साउथ क्यालिफोर्नियाद्वारा आयोजित एक समारोहमा भाग लिनको लागि ६ नोभेम्बरमा भिसा दिइएको थियो । तर, ती हिरोइन समारोहको २ दिनपछि पुगिन् र क्यानिफोर्नियाको ठाउँमा शिकागो पुगिन् । यही कारण अधिकारीलाई उनीमाथि शंका लाग्यो र सोधपुछ गरियो । सोधपुछमा उनले नर्थ अमेरिका तुलुगु सोसाइटीद्वारा आयोजित अर्को कार्यक्रममा भाग लिन आएको बताइन् ।

लगत्तै अधिकारीले सोसाइटीसँग यसबारे सोधे । यसरी सोध्दा नर्थ अमेरिका तेलुगु सोसाइटीका अध्यक्षले हिरोइनलाई आफूले नचिन्ने बताए । यतिमात्र होइन उनले ती हिरोइनलाई निमन्त्रणा पनि नगरिएको बताए । जाँचमा थाहा भयो कि राजु नामका कुनै व्यक्तिले ती अभिनेत्रीलाई निमन्त्रणा पठाएका थिए । अनुसन्धान गर्दै जाँदा राजु नामका ती व्यक्ति यौनधन्दा चलाउने किशन मोदुगुमुदी निस्किए । यसपछि हिरोइनलाई अमेरिका प्रवेशमा रोक लगाइयो र उनको भिसा रद्द गरियो ।

यसैगरी एक अर्की हिरोइन पनि २६ डिसेम्बरमा न्यूयोर्क अन्तर्राष्ट्रिय विमानस्थल पुगिन् । उनलाई केही साँस्कृतिक कार्यक्रममा भाग लिनको लागि ३ महिनाको भिसा दिइएको थियो । अनुसन्धानमा थाहा भयो कि यी हिरोइन यसअघि ६ अक्टोबर २०१७ मा पनि अमेरिका गएकी थिइन् र १३ नोभेम्बरसम्म शिकागोमा थिइन् । यी हिरोइनले पनि सोधपुछमा राजु नामका व्यक्तिको नाम लिइन् । उनले नयाँ वर्षमा आयोजित कार्यक्रमको लागि आफू टेक्सस को डर्बिन जान लागेको बताइन् । खोज्दै जाँदा थाहा भयो अक्टोबरमा उनले पेन्सलभेनियामा जुन कार्यक्रममा भाग लिएकी थिइन् त्यसका आयोजक पनि राजु थिए र उनले हिरोइनलाई देहब्यापारका लागि बाध्य पारेका थिए ।

यस क्रममा हिरोइन अमेरिकाका ३ शहरमा रहे र ग्राहकलाई उनीहरुको कोठामै पठाइएको थियो । यस क्रममा उनीहरुसँग विभा नामकी एक महिला पनि थिइन् । यी अभिनेत्रीलाई पनि एयरपोर्टमै रोकियो र उनको भिसा पनि रद्द गरियो । अनुसन्धान अगाडि बढ्दै जाँदा एजेन्सीले अन्य ३ हिरोइनलाई पनि यो धन्दामा लिप्त पायो । तेलुगु र कन्नडकी एक नामी सुपरहिट हिरोइन पनि यो धन्दामा लिप्त पाइएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्