मोरङको ग्रामथानमा एनआईसी एसियाको नयाँ शाखा

<span class='c1'>मोरङको ग्रामथानमा एनआईसी</span> <span class='c2'>एसियाको नयाँ शाखा</span>

एनआईसी एसिया बैंकले मोरङको ग्रामथान गाउँपालिका, लखन्तरीमा एघारौं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकको सो शाखारहित बैंकिङ सेवाको उद्घाटन ग्रामथान गाउँपालिकाको उपाध्यक्ष फुल कुमारी चौधरीले गरेकी हुन् ।

उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनको लागि बैंकले प्रतिनिधिको रुपमा मनचन चौधरीलाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीय बासिन्दालाई लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।
यसबाट स्थानीयले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाईल रिचार्ज गर्ने, उपयोगी सेवाको महसुल भुक्तानी गर्ने, कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट आदि प्राप्त गर्न सक्नेछन् ।
बैंकले सहरी तथा ग्रामीण जिल्लामा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले मुलुकभर २२४ शाखा कार्यालय, २१७ एटीएम, १४ वटा एक्स्टेन्सन काउन्टर एवं ११ वटा शाखारहित बैंकिङ ईकाई मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्