बिराटनगरमा “शुभ होटल” संचालनमा , मोडल स्वेता तुलाधरले सुरु गरिन होटेल

बिराटनगरमा “शुभ होटल” संचालनमा , मोडल स्वेता तुलाधरले सुरु गरिन होटेल

प्रेम देवान
विराटनगर ९ असार । करिब आदा दर्जन जति म्युजिक भिडीयो तथा विभिन्न व्यूटिप्याजेन्टमा सहभागी भईसकेकी मोडल स्वेता तुलाधरले विराटनगरमा एउटा फरक शैलीमा पुर्ण परिवारीक बाताबरणमा सजिएको रेष्टुरेण्ट एण्ड होटल संञ्चालनमा ल्याएकी छिन् ।
भर्खरै मात्र लण्डनबाट एमविए सकेर नेपाल फर्केकी स्वेताले नेपाल मै बसेर विजनेस गर्ने सोच सहित नेपाल फेर्केकी थिईन् । २६ बर्षिया स्वेताले लण्डनमा रहदाँ विजनेस सम्बन्धी अध्ययन गरेका कारण नेपाल मै गएर केही गर्ने सोच बनाएर आएपछि होटल सञ्चालन गरेकी हुन् । शुक्रबार विशेष होटलको नामको केट काटेर होटलको शुभारम्भ गरिएको थियो ।

यस अघि आफ्ना बाबाले सञ्चालन गर्दै आएको शुभ गेष्ट हाउसलाई व्यावस्थित रुपमा शुभ रेष्टुरेन्ट एण्ड होटलमा परिणत गरेकी छिन् । करिब १० लाखको लगानीमा स्वेताले नयाँ व्यास्थापनका साथ संञ्चालन गर्ने बताईन् ।
शुभ रेष्टुरेष्ट एण्ड होटलमा इस्पेशल रुपमा ‘कटिरोल’ उपलब्ध रहने संञ्चालिक स्वेताले जानकारी दिईन् । यसका अलवा पिज्जा, वर्गर, चिकेन सिक्सटीभाईव, ड्रम स्टिक, लगायत आईक्रिम जस्ता चिसो पेय पदार्थ पनि उपलब्ध हुने जनाईएको छ । आगामी दिनमा विशेष नेवारी परिकारलाई प्राथमिक्तामा राखेर होटललाई अगाडी बढाउने स्वेताले जानकारीदिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्