सुनको महलमा बस्छन् यी राजकुमार, यस्तो जीवनशैली !

सुनको महलमा बस्छन् यी राजकुमार, यस्तो जीवनशैली !

काठमाडौं । ब्रुनाईका राजकुमार अब्दुल मतीन सामाजिक सञ्जालमा आफ्नो जीवनशैलीका कारण लोकप्रिय छन् । इस्न्टाग्राममा उनको फलोअरको संख्या सात लाखभन्दा बढी छ ।
मतीन ब्रुनाईका सुल्तान हसनल बोलकियाका १०औं सन्तान हुन् र सिंहासनमा उनको नम्बर छैठौंमा छ ।
राजकुमार सुन जडिएको महलमा बस्छन् । शाही कर्तव्यका रूपमा उनी परोपकार गर्छन् र पितालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्छन् ।

सन् २०१५ मा उनले माल्टामा भएको कमनवेल्थ हेड्स अफ गभर्नमेन्ट बैठकमा ब्रुनाईको प्रतिनिधित्व गरेका थिए र आतंकवादविरुद्ध आवाज उठाएका थिए । मतीन लन्डनको किंग्स कलेजमा अन्तर्राष्ट्रिय राजनीति पढिरहेका छन् ।

उनले राष्ट्रिय स्तरमा ब्याडमिन्टन प्रतियोगितामा भाग लिएका छन् । त्यसबाहेक उनी फूटबल, पोलो, मिक्स्ड मार्सल आर्ट्स र स्कीइङमा रुचि राख्छन् । उनले सिंह पालेका छन् । इन्स्टाग्राममा उनले सिंह र चितुवाका बच्चासँग तस्वीर खिचाएर अप्लोड गरेका छन् । मतीनका पिता ब्रुनाईका सुल्तान संसारका सबभन्दा धनी व्यक्तिमध्ये एक हुन् । उनीसँग एक हजार तीन सय ६ अर्बभन्दा बढी सम्पत्ति भएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्