जहाँ सवा करोड कमाउने पनि गरिब छन्

<span class='c1'>जहाँ सवा करोड कमाउने</span> <span class='c2'>पनि गरिब छन्</span>

जसको मासिक आम्दानी लाखभन्दा बढी छ, उसलाई सफल व्यक्ति मानिन्छ । तपाईंको कमाई त लाखभन्दा पनि धेरै छ । जिन्दगी कति आनन्दपूर्वक बितिरहेको होला यहाँको त ? समाजमा यस्तै खालका वार्तालाप हामी धेरैजसो सुन्ने गर्छौं ।  समाज र परिवारमा पनि उसलाई सफलताको उदाहरणका रूपमा प्रस्तुत गरिन्छ । तर संसारमा एक यस्तो देश पनि छ जहाँ १ करोड २८ लाख रुपैयाँ कमाउनेलाई पनि गरिब ठानिन्छ । यो सहर हो, अमेरिकाको सनफ्रान्सिस्को ।

अमेरिकाको आवासीय र सहरी विकास विभागको हालैको रिपोर्टले यही तथ्य बाहिर ल्याएको छ । रिपोर्टअनुसार सनफ्रान्सिस्को, सन माटियो र त्यस आसपास रहने चार सदस्य रहेको परिवार यदि १ करोड २८ लाख कमाउँछ भने ऊ न्यून तलब पाउने परिवारमा गनिन्छ । त्यही यदि कुनै परिवार ८० लाख रुपैयाँ कमाउँछ भने ऊ अझ गरिबमा गनिन्छ । देशको अन्य इलाकाको तुलनामा यी सहरमा गरिबीको यो अवस्था एकदमै धेरै छ ।

ब्रुकिङ इन्स्टिच्युटको वेबसाइट द हेमिल्टन परियोजनाको एउटा सर्वेक्षणले यही देखाउँछ कि अमेरिकामा मानिसहरूको कमाइमा निकै अन्तर छ । अमेरिकाको लगभग दुईतिहाइ परिवारको कमाई सनफ्रान्सिस्कोको १ करोड २८ लाख रुपैयाँ कमाउनेहरू गरिब परिवारभन्दा कम छ । अमेरिका चार सदस्य रहेको परिवारको औसत कमाई करिब ९९ लाख रुपैयाँ हो । यसभन्दा धेरै सदस्य रहेको परिवारको औसत कमाई करिब ६५ लाख हो । करिब ३३ करोड जनसंख्या रहेको अमेरिकामा चार करोडभन्दा धेरै व्यक्ति गरिबीको रेखाभन्दा तल छन् । यस्ता चार सदस्यीय परिवारको कमाई करिब २७ लाख रुपैया छ ।

केही ठूलो सहरको तुलनामा देशको अन्य भागको कमाई निकै कम छ । यस श्रेणीमा सनफ्रान्सिस्को पनि छ । यस सहरमा आईटी र प्रविधि उद्योगको अति धेरै छ । जसबाट यहाँ रहने मानिसको कमाई पनि राम्रै हुने गरेको छ । राम्रो आर्जनको चाहना राख्ने व्यक्तिका लागि यो सहर उनीहरूको सपनाको गन्तव्य बनिसकेको छ ।

सनफ्रान्सिस्कोको सहरी क्षेत्रमा सन् २००८ देखि २०१६ को बीचमा २५देखि ६४ उमेरका नोकरी पेशा व्यक्तिको कमाई २६ प्रतिशतसम्म बढेको छ । अर्को सहर इलाकाको तुलनामा यो अति धेरै हो । सन् २०१६ सम्म यहाँको नागरिकको औसत कमाई करिब ६८ लाख रुपैयाँ भइसकेको थियो । अमेरिकाको अन्य क्षेत्रमा नागरिकलाई धेरै तलब दिइन्छ । सेन जोसमा २५ देखि ६४ वर्षका नोकरीपेशा नागरिकको औसल कमाई करिब ४५ लाख रुपैयाँ, वासिङटन डीसीमा करिब ६७ लाख रुपैयाँ र बोस्टनमा करिब ६० लाख रुपैयाँ छ । धेरै कमाई हुने यस्ता इलाकामा अन्य नोकरीमा पनि मानिसलाई राम्रै तलब दिइन्छ ।

सनफ्रान्सिस्कोमा डाक्टर सबैभन्दा धेरै कमाई गर्ने व्यक्ति हुन्छन् । डाक्टरको औसत कमाई २ करोड ११ लाख रुपैयाँभन्दा धेरै हुन्छ । सरकारी अधिकारीको औसत कमाई एक करोड ८४ लाख हुन्छ । त्यही सफ्टवेयर डेवलपरले करिब १ करोड २८ लाख औसत कमाउँछन् । जब कि यहाँ त्यस्ता मानिस पनि छन्, कम कमाउँछन् । सनफ्रान्सिस्कोमा सबैभन्दा कम कमाई गर्ने किसान हुन्छन् । यहाँ किसान औसत करिब २० लाख रुपैयाँ कमाउँछन्, त्यही बच्चाको रेखदेख गर्नेहरूको औसत कमाई करिब २४ लाख हुन्छन् ।

कमाई धेरै अवश्य हुन्छ, तर यहाँ रहन बस्ने खर्च पनि कम छैन । यहाँ सबैभन्दा धेरै खर्च आवासमा हुन्छ । सनफ्रान्सिस्कोमा रहन बस्न देशको औसत खर्चको तुलनामा २५ प्रतिशत धेरै खर्च गर्नुपर्ने हुन्छ । जब कि राष्ट्रिय औसतभन्दा यहाँको नागरिकको कमाई ४५ प्रतिशत धेरै छ । सनफ्रान्सिस्कोमा २ बीएचके अपार्टमेन्टको भाडा मासिक २ लाखभन्दा बढी हुन्छ । २००८ मा यो करिब एक लाख रुपैया थियो ।

ओहिसो जस्ता राज्यमा यो भाडा ५८ हजारको नजिक हुन्छ । यी सहरको तुलनामा सनफ्रान्सिस्कोमा कमाईको अनुपामा भाडामा खर्च धेरै हुन्छ । अर्को सहरको तुलनामा यहाँ कमाई दुई गुणा अवश्य हुन्छ, तर भाडामा २७० प्रतिशत धेरै खर्च गर्नुपर्ने हुन्छ । यस्तोमा सनफ्रान्सिस्कोमा रहनु कुनै आर्थिक चुनौतीभन्दा कम छैन । अमेरिकी सरकार यो मान्छ कि यदि समान क्षेत्रमा समान सदस्यको परिवार औसल कमाईभन्दा ८० प्रतिशत या त्यसभन्दा कम कमाउँछ भने त्यो गरिब हो ।
‘बीबीसी’ बाट साभार गरिएकाे याे खबरलार्इ राजधानी दैनिकले लेखेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्