उदयपुर सिमेन्ट उद्योग उत्पादनमा लक्ष्य नजिक

उदयपुर सिमेन्ट उद्योग उत्पादनमा लक्ष्य नजिक

उदयपुर, साउन २ । उदयपुर सिमेन्ट उद्योग लिमिटेड उत्पादनमा लक्ष्य नजिक पुगेको छ ।

विद्युत लोडसेडिङ, आन्दोलन, हड्ताल, राजनीतिक भागबण्डा, राजनीतिक नियुक्तिजस्ता कारणले थिलथिलिएको उद्योगले व्यवस्थापकीय र प्राविधिक सुधारसँगै उत्पादनमा रेकर्ड कायम गरेको हो ।

लोडसेडिङ र मेसिन बिग्रिएको बहानामा महिनामा १५ दिनमात्रै सञ्चालन हुने उद्योग अहिले तीसै दिन संचालन हुन थालेको छ । दैनिक ८ सय मेट्रिक टन उत्पादन क्षमता भएको उद्योगले दुई बर्षअघि सम्म ३ सय ५० मेट्रिक टन उत्पादन दिँदै आएको थियो । अहिले भने ७ सय ५० मेट्रिक टन उत्पादन गर्न थालेको छ ।

यो उत्पादन क्षमताको ९५ प्रतिशत हो । विद्युत प्राधिकरणले नियमित विद्युत आपूर्ति गरेपछि उत्पादनको लक्ष्य नजिक पुगेको हो । २०४४ सालमा जापान सरकारको सहयोगमा स्थापना भएको यो एशियाको दोश्रो र नेपालको पहिलो पूर्ण सरकारी स्वामित्वको उद्योग हो ।

२०५१ सालमा जापानले नेपाललाई हस्तान्तरण गर्दा क्षमता अनुसार उत्पादन गरी जिम्मा लगाएको थियो । २०४९ सालबाट व्यावसायिक उत्पादन सुरु गरेको उद्योगले ६ अर्ब ५५ करोड ६२ लाख ऋण उठाउने शर्तमा नेपाल सरकारले उद्योग व्यवस्थापन पक्षलाई जिम्मा लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्